२७ बैशाख २०८१, बिहीबार

नेपालमा समाजवादी व्यवस्थाले मात्र स्थिरता दिन सक्छः विप्लव सी

0

दैलेख । नेपाल कम्युनिष्ट पाटीका महासचिव विप्लव सीले नेपालमा राजनीतिक अस्थीरता जारी रहेको भन्दै नेपाली विशेषताको समाजवादले मात्र स्थिरता दिन सक्ने बताएका छन ।

जुम्ला र कालिकोटमा स्याउ रोप्न जाने क्रममा आज दैलेखको राकममा आयोजना गरिएको स्वागत पछिको संक्षिप्त सम्वोधनमा नेकपाका महासचिव विप्लवले नेपाली विशेषताको समाजवादले मात्र नेपाललाई स्थीरता तिर लिने बताएका हुन । उनले भने ‘सरकार बदलिरहेको छ ,कतिबेला कस्को सरकार हुने हो थाहा छैन, यो निकै हलचल र अस्थिरता छ । यसलाई हटाउन समाजवादी व्यवस्था नै चाहिन्छ ।’

समाजवादी मोर्चा नेपालका संयोजक समेत रहेका महासचिव विप्लवले भने ‘नेपालमा राजनीतिक क्रान्ति पुरा भएको छैन,सत्तामा आमुल परिवर्तन भएको छैन,जसले गर्दा नेपालमा राजनीतिक अस्थीरता जारी छ । यसलाई रोक्न नेपालका सबै राजनीतिक दलहरुले नेपाली जनताको चाहाना वमोजिम नेपालमा समाजवादी व्यवस्थामा जानुपर्छ ।’

महासचिव विप्लवले पार्टीकोे आत्मनिर्भर उत्पादनको नीति अनुसार जुम्ला र कालिकोटमा स्याउ रोप्न जान लागेको वताए ।
उनले स्याउ रोप्ने योजनामा सरकारले सहयोग नगरेको पनि गुनासो गरे । महासचिव विप्लवले भने ‘कानुनले स्याउका विरुवा दिन मिलेन रे । यो कस्तो कानुन हो ? गर्छौ भन्ने मान्छेलाई सहायोग दिने छैन, उता स्याउका विरुवा थन्किने तर हामीले माग्दा सरकारले दिन सकेन ।’ महासचिव विप्लवले नेपालमा कम्युनिष्ट वाम शक्तिहरु एक भएर जानु पर्ने पनि बताए ।

महासचिव विप्लवसंग स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य दोय असल सी,आदर्श सी लगायको केन्द्रीय कार्यालय तथा संचारकर्मीहरुको टिम छ । सवैलाई जिल्ला पार्टी दैलेख तथा जनताले भव्य स्वागत गरेका थिए । यस्तै कालिकोटको सदरमुकाम मान्ममा पनि महासचिव सहितको टिमलाई भव्य स्वागत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।