७ जेष्ठ २०८१, सोमबार

दलाल पुँजीवादले जनताका विरुद्ध जस्तो सुकै कदम चाल्छः एटम सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य एटम सीले दलाल पुँजीवादले पैसाको लागि जनताका विरुद्ध जस्तो सुकै कामहरु चाल्ने गरेको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी दैलेखले जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा आज आयोजना गरेको ‘बर्तमान राजनीतिक संकट र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तौ कुरा बताएका हुन ।

नेकपाका नेता एटमले नेपाली अस्थिर राजनीतिक संकटको अग्रगामी निकास दलाल पुँजीवादको अन्त्य गरी नेपाली विशेषताको समाजवाद ल्याउनुको विकल्प नभएको टिप्पणी गरे ।

उनले भने ‘पुँजीवादले जनताका विरुद्ध जस्तो सुकै कदमहरु चाल्ने गर्दछ, श्रमजीवी बर्गको दुश्मन पुँजीवाद हो,पुँजीवादलाई साम्राज्यवादले साथ लिएको हुन्छ । यसको अन्त्य गर्नु नै अहिलेको निकास हो ।’

उनले कतिपय राजनीतिक दलमा राणाकालिन चिन्तन भएकाले पनि देश संकटमा परेको बताए । कार्यक्रममा नेकपा एमालेका दिर्घ बहादुर शाही लगायतका विभिन्न बक्ताहरुले बोल्दै नेपालको संकटको निकास अग्रगामी शक्तिहरु मिलेर खोज्नुपर्ने बताएका थिए । कार्यक्रमा युवा संगठन नेपालका केन्द्रीय सदस्य मिनेश सीको पनि सहभागिता रहेको थियो ।

नेकपाका केन्द्रीय सदस्य कलम सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य जनक सीले दिएका थिए भने संचालन प्रकाश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।