६ जेष्ठ २०८१, आईतवार

जनयुद्धलाई औचित्यहिन भनेर निश्कर्ष निकाल्नु आफै बसेको घरमा बमबहाड गर्नु होः विप्लव सी

0

सुर्खेत । नेपाल कम्युनिष्ट पाटीका महासचिव विप्लव सीले नेपाली कांग्रेसले जनयुद्धलाई औचित्यहिन भनेर १७ बर्षपछि निश्कर्ष निकाल्नु आफै बसेको घरमा बम वहाड गर्नु सरह भएको टिप्पणी गरेका छन ।

कालिकोट र जुम्लामा स्याउ रोप्ने योजनामा आज साँझ सुर्खेत पुग्दा नेकपा सुर्खेतले आयोजना गरेको स्वागत पछिको संक्षिप्त सम्वोधनमा बोल्दै महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन ।

उनले नेपालमा अहिलेको परिर्वतन जनयुद्धले ल्याएको दाबी गर्दै जनयुद्धका विरुद्ध कांग्रेसले निश्कर्ष निकाल्नु त्यति सान्दार्भिक नभएको बताए ।
उनले कांग्रेसको यस्तो निश्कर्षले पनि गठबन्धनमा परिर्वतन आएको हुन सक्ने संकेत गरे । महासचिव विप्लवले कम्युनिष्ट बामपन्थीहरुको गठबन्धन हुनु सापेक्षिक रुपमा सकरात्मक र प्रगतिशील भएको वताए ।

उनले भने ‘यो गठबन्ध सकरात्मक र प्रगतिशील छ, तर कतिबेला के हुने हो भन्न सकिदैन । यो व्यवस्थाबाट निकास सम्भव छैन,राजनीतिक अस्थिरता भईरहन्छ, यो व्यवस्था सजिलै चल्नेवाला छैन यो कुरा निश्चित छ,त्यसैले नेपालमा समाजवाद चाहिन्छ ।’

महासचिव विप्लवले समाजवादी कम्युनिष्टहरु एक भएर समाजवादमा जानुको विकल्प नभएको बताए । उनले नेपालको अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवाद मात्र भएको र समाजवादी मोर्चा मार्फत अगाडि जानुपर्ने ठोकुवा गरे ।

महासचिव विप्लवले भने ‘दलाल फटाहाहरुको हातमा देश जान दिनु हदैन ,आउदो पुस्ताको लागि छोरा छोरी नागरिकको लागि समाजवाद तिर लिएर जान्छौ ,निरास हुनु पदैन, ऋणमा च्यापीएको वर्गले हाम्रो पार्टी प्रति आसा गरेका छन । हामी नयाँ ठाउँमा देशलाई लिन चाहान्छौ ।’

उनले आफ्नो पाटीको आत्मनिर्भर उत्पादन अर्थनीति अनुसार कालिकोट र जुम्लामा फलफुल खेतिको लागि स्याउ रोप्न आएको बताए । महासचिव विप्लवले आफू काठमाडौं फर्किए लगत्तै ठुलो हलचल हुने गरी धु्रवीकरण हुने पनि जानकारी दिए ।

उनले कम्युनिष्टहरुको एकता र धु्रवीकरण विना देशले निकास नपाउने भन्दै कम्युनिष्टहरु समाजवादको पक्षमा निर्धक्क भएर उभिनु पर्ने विचार व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।