२४ बैशाख २०८१, सोमबार

उत्पादन क्रान्तिमा स्याउ खेति जोड्न महासचिव विप्लव सुर्खेत पुग्दै

0

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एकीकृत जनक्रान्तिको अभियानमा उत्पादन क्रान्तिलाई पनि संगसंगै लिएका छन ।
महासचिव विप्लवले उत्पादन क्रान्तिमा स्याउ उत्पादनको कडिलाई जोड्ने महान उद्देश्य राखि आज कर्णाली प्रदेशको यात्रा गरेका छन ।
उनी सहितको नेताहरुको टिम पार्टीको केन्द्रीय कार्यालय शिवगढीबाट सुर्खेतको यात्राको लागि हिडेका हुन ।

महासचिव सहितको टिम केही सयय पछि सुर्खेतको वीरेन्द्रनगर पुग्न लागेको नेकपा सुर्खेतका इन्चार्ज धुव्र सीले जानकारी दिएका छन ।
महासचिव विप्लव सहितको टिम कर्णालीको जुम्ला जिल्लाको हिमा गाउँपालिकाको वडा नम्वर ७ धाचुगाउँमा १ हजार स्याउका विरुवा रोप्न र कालिकोटको तिला गुफा नगरपालिकाको फोईमहावैमा ५सय स्याउका विरुवा रोप्न भोलि विहान सुर्खेतबाट जुम्लाको यात्रा गर्नेछ ।

महासचिव सहितको टिमले जुम्लाको धाँचु गाँउमा फागुन २५ र २६ गते करिब १ हजार स्याउका विरुवा रोप्ने कार्यक्रम छ ।
यस्तै फागुन २७ गते महासचिव विप्लव सहितको टिमले कालिकोटको तिलागुफा नगरपालिकाको फोइमहावैमा ५ सय स्याउका विरुवा रोप्ने छ ।
महासचिव विप्लवले आत्मनिर्भर उत्पादमा आधारित पार्टी,नेता र कार्यकर्ताको नीति लिए अनुसार देशभर संस्थागत केन्द्रीय उत्पादनको योजनामा आफै नेतृत्व गरिरहेका छन ।

यसले पार्टीप्रति जनआक्रषर्ण पनि बढाएको छ । महासचिव विप्लव सहितको टिम स्याउ रोप्ने कार्यक्रमसंगै जनता र पार्टी कार्यकर्तासंगको भेटघाट र जनसभाका कार्यक्रममा पनि सहभागी हुदैछ ।

नेकपाका मध्य कर्णाली व्यूरो इन्चार्ज विवेक सीले दिएको जानकारी अनुसार महासचिव विप्लव फागुन २८ गते कालिकोट जुम्लाको सीमा क्षेत्र नाग्ममा आयोजित जनसभालाई सम्वोधन गर्नेछन ।

यस्तै महासचिव विप्लव फागनु २९ गते मान्ममा हुने पत्रकार सम्मेलनमा सहभागी हुने र फागुन ३० गते युवा संगठन नेपाल कालिकोटको कुमालगाउँमा हुने चौथो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्वोधन गर्न सहभागी हुने मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सीले जानकारी दिएका छन ।

महासचिव विप्लवसंग नेकपा स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य असल सी केन्द्रीय सदस्य विवेक सी,अडिक सी लगायतको नेता कार्यकर्ताहरुको टिम सहभागी हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।