२२ बैशाख २०८१, शनिबार

वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तर्क्रिया बागलुङमा सम्पन्न

0

बागलुङ/ राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
मङलबार धौलागिरी ब्युरो अन्तर्गत बागलुङ जिल्लाको गलकोट नगरपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा बागलुङ जिल्ला गल्कोट नगर इन्चार्ज गोविन्द सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि नेकपाका धौलागिरी ब्युरो इन्चार्ज तथा नेकपा पिबिएम विकिरण सी, अतिथिहरु नेकपा जिल्ला सेक्रेटरी प्रसिद्धि सी, नेपाली कांग्रेस जिल्ला सहसचिव फम लाल खत्री, नगर उपसभापति यज्ञ प्रसाद सापकाेटा , एमाले नगर अध्यक्ष पुर्ण काउचा , माओवादी केन्द्रका नगर अध्यक्ष चन्द्रदत्त रेग्मी , गल्काेट नगर समाजवादी मोर्चा संयाेजक गंगा भुजेल , विरेन्द्र पहाडी, दलित अधिकारकर्मी ,समाजसेवी तिलक उप्रेती, वडा अध्यक्ष तेज बहादुर थापा ,अध्यक्ष राम प्रसाद कडेलको रहेको छ।

नेकपा धौलागिरी ब्युरो इन्चार्ज तथा पिबिएम विकिरण सीले अहिलेको निकास भनेको नेपाली समाजवादको विशेषता भएको बताए ।
उनलेे भने, ‘नेपालको वर्तमान राजनीतिक संकट आउनुमा दलाल पुजीवादी सत्ता
रहेको छ । दलाल पुजिवादको अन्त्य गरेर आजको संकटको निकास नेपाली विशेषताको समाजवाद हो ।जुन समाजवाद प्राप्तिको लागि वामपन्थी कम्युनिस्टहरु लोकतान्त्रिक गणतन्त्र वादी हरु देशभक्त र समाजवादी एक ठाउँ भएर अगाडि बढ्नुपर्ने देखिन्छ । नेपाली मौलिकताको पहिचान गर्दै कृषि, पर्यटन, प्राकृतिक साधन स्रोतलाई माथि उठाउनु आवश्यक देखिन्छ ।’

त्यसैगरी अन्य वक्ताहरुले पनि नेपालमा दलाल संसदिय व्यवस्थाको कारण नेपालमा भ्रष्टाचार हाबी भएकोले समाजवाद ल्याउनको लागि सबै क्रान्तिकारी शक्तिहरु एकजुट भएर नेपालमा समाजवाद ल्याउने सकिनेमा जोड दिएका थिए । अहिलेको नेपाली परिवेशमा सबै वामपन्थी शक्तिहरु एकजुट भएर लाग्नुपर्ने र दलाल पुजीवादी संसदीय व्यवस्थाको कारण नेपालमा दलाल भ्रष्टाचार बढिरहेकोले यसको हल भनेकै नेपाली समाजवादको विशेषता भएको दाबी गरे । उनलेे थपे,’हामीले नेपालमा समाजवाद ल्याउनुपर्छ र हजारौं शहिदहरुको सपनालाई पूरा गर्नका लागि पनि नेपालमा समाजवादको विशेष महत्व रहेको छ भनेका छन् ।’

कार्यक्रम अखिल समाजवादी धौलागिरी इन्चार्ज उपेन्द्र सीको सन्चालनमा सम्पन्न भएको छ । साथै कार्यपत्रमाथि नेपाली कांग्रेस जिल्ला सहसचिव फम लाल खत्री, नगर उप सभापति यज्ञ प्रसाद सापकाेटा , एमाले नगर अध्यक्ष पुर्ण काउचा , माओवादी केन्द्रका नगर अध्यक्ष चन्द्रदत्त रेग्मी , गल्काे नगर समाजवादी माेरचा संयाेजक गंगा भुजेल, विरेन्द्र पहाडी, दलित अधिकारकर्मी, समाजसेवी तिलक उप्रेती, वडा अध्यक्ष ९ का तेज बहादुर थापा ६ का अध्यक्ष राम प्रसाद कँडेलले टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।