५ जेष्ठ २०८१, शनिबार

सामुहिक स्याउ खेतीको उद्घाटन गर्न महासचिव विप्लव जुम्ला प्रस्थान

0

कपिलवस्तु/ सामुहिक रुपमा स्याउ खेती लगाउने कार्यक्रमका लागि नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव सी शुक्रबार जुम्ला पुग्ने कार्यक्रम तय भएको छ ।
जुम्लाको हिमा गाउँपालिकामा सामुहिक स्याउका विरुवा रोप्ने कार्यक्रम उद्घाटनका लागि समाजवादी मोर्चाका संयोजकसमेत रहेका विप्लव जुम्ला आउने कार्यक्रम तय भएको हो ।
नेपाल कम्यूनिष्ट पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजना अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ हाणुल्यमा सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको छ । महासचिव सचिवालयले जनाए अनुसार महासचिव विप्लव
त्यस क्षेत्रमा फागुन २५ गते देखि १० हजार भन्दा बढी स्याउका विरुवा रोपिने सूरु गरिने बताए । महासचिव विप्लव २४ गते जुम्ला पुग्ने कार्यक्रम छ भने २५ र २६ गते सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको छ ।
नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेताहरूले २७ गते कालिकोटको फाई महादेवमा पनि स्याउ रोप्ने कार्यक्रम रहेको छ । यसैगरी २८ गते जुम्ला र कालिकोटको नाग्ममा जनसभा गर्ने कार्यक्रम रहेको छ । यसैगरी २९ गते कालिकोटमा पत्रकार भेटघाट गरि कालिकोटको नरहरीनाथ जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।