२३ बैशाख २०८१, आईतवार

नेकपाका महासचिव विप्लवद्धारा आज स्याउ रोप्ने अभियानको उद्घाटन हुदै

0

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जुम्लाको धाँचु हाँडुल्लेमा सुक्रवार स्याउ रोप्ने अभियानको उद्घाटन गर्दैछन ।

महासचिव विप्लवले पार्टीलाई आत्मनिर्भर पार्टी बनाउने उद्देश्य राखेर फलफुल खेतितर्फ स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गर्न लागेका हुन ।

स्याउ रोप्ने अभियानका लागि महासचिव विप्लव सहित पार्टीका स्थायी समिति सदस्य भरत सी,पोलिट व्यूरो सदस्य असल सी,आदर्श सी केन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ताहरु धाँचुगाउँ पुगेका छन ।

महासचिव सहितको टिम पनि विहिवार साँझ धाँचुगाउँ पुगेको थियो । महासचिव विप्लवलाई धाँचु गाउँवासीहरुले भव्य स्वागत समेत गरेका छन ।
धाँचु पुगेका महासचिव विप्लवले आफ्नो पार्टी हिमाल, पहाड र तराईमा उत्पादनको काममा लागेको बताए । उनले ३ वर्ष भित्र चन्दा उठाएर खाने पार्टी मुक्त गर्दै आत्मनिर्भर पार्टी बनाउने अभियानमा लागेकोले जुम्ला र कालिकोटमा स्याउ रोप्ने अभियानमा आएको बताए ।

जुम्लाको हाँडुल्लेमा फागुन २५ र २६ गते करिब एक हजार स्याउका विरुवा रोपिने नेकपाले जनाएको छ । फागुन २७ गते कालिकोटको फोइमहावैमा करिव ५सय स्याउको विरुवा रोपिने कार्यक्रम छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।