२८ बैशाख २०८१, शुक्रबार

ओखलढुङ्गामा अन्तरक्रिया सम्पन्न, कम्युनिस्टहरु बिचमा एकता हुनुपर्नेमा जोड

0

ओखलढुङ्गा: ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा वर्तमान राष्ट्रिय संकट र निकास विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी प्रमुख वक्ता रहेको अन्तरकृयामा सहभागी १० जना वक्ताहरुले आफ्नो धारणाहरु राखेका थिए । अन्तरकृयामा सुमनसिंह सीले अवधारणा पत्र प्रस्तुत गर्दै सोको व्याख्यासहित आफ्नो विषय राखेका थिए । उनले देशको स्वाधिनता र जनताको जीवनमा गंभिर संकट आएको बताए । यसको कारक दलाल पुजीवादी संसदिय व्यवस्था भएकोले यहि व्यवस्थाबाट अब देश र जनताले निकास प्राप्त गर्न नसक्ने बताए । उनले नेपाली विशेषताको समाजवाद सबै अग्रगामीहरुको साझा गन्तव्य हुन सक्ने बताउँदै यसबारे सहमति जुटाएर सबै अग्रगामी शक्तिहरु अगाडि बढ्नु पर्ने बताए । उनले कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक भएर साम्राज्यवादी षड्यन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सिद्धिचरण नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा मोहन श्रेष्ठ (पूर्व मेयर, नेकपा एमाले), निशान्त शर्मा (नेकपा माओवादी केन्द्र जिल्ला संयोजक तथा चिशङ्खु गाउँपालिका अध्यक्ष), केदारबाबु बस्नेत (उप प्रमुख सिद्दीचरण नगरपालिका), नेत्र भट्टराई (नेकपा एस केन्द्रिय सदस्य), मेघहरि आचार्य (नेपाल बार एशोसियसनका कार्यवाहक अध्यक्ष तथा नेपाल समाजवादीका केन्द्रिय सदस्य), धनराम श्रेष्ठ (जनमोर्चाका जिल्ला उपाध्यक्ष), सचिन (नेकपा क्रामा जिल्ला संयोजक), बिनु राई (पत्रकार महासंघ जिल्ला उपाधक्ष), सरस्वती बानिया (युवा पत्रकार) लगायतले आफ्नो धारणा राखेका थिए । प्रस्तुत भएको अवधारणा पत्रको सहभागी सबैले प्रशंसा गर्दै बृहत् कम्युनिस्ट एकताको पहल गर्न नेकपा र नेकपाका महासचिव विप्लव सीले भूमिका खेल्नु हुनेछ भन्ने आशा व्यक्त गरे । कार्यक्रमको अध्यक्षता नेकपा जिल्ला सचिव बोज सीले गरेका थिए भने कार्यक्रमको सहजिकरण ओखलढुंगा इन्चार्ज लक्ष्मण सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।