२४ बैशाख २०८१, सोमबार

महासचिव विप्लवसंग जुम्लाका पत्रकारहरुले पनि स्याउ रोपे

0

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीको उत्पादन अभियानमा पत्रकारहरु पनि जोडिएका छन । जुम्ला जिल्ला र बाहिर जिल्लाबाट गएका पत्रकारहरुको समूहले नेकपाका महासचिव विप्लवसंंगै उत्साहका साथ स्याउ रोप्ने कार्यमा सहभागी भएका छन ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्र शाही, पत्रकार डिवि बुढा, गोल्डेन बुढा, महेश नेपाली, मानदत्त रावल, जनपत्रकारका तर्फबाट सचिव बसन्त विक, केन्द्रीय सदस्यहरु कर्ण विक,खिम डिसी लगायतका पत्रकारहरु पनि स्याउ रोप्ने कार्यक्रममा उत्साहका साथ सहभागी भएका हुन ।

पत्रकारहरुले नेकपाका महासचिव विप्लव सहितको नेताहरुको टिमले जुम्ला पुगेर स्याउ रोप्नु निकै सकरात्मक कदम भएको प्रतिक्रिया दिएका छन ।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्र शाहीले नेकपाको उत्पादनको नीति सबै पार्टीका नेताहरुले समात्न सकेको भए देश आत्मनिर्भर हुनेमा कुनै संका नहुने बताए ।

उनले नेकपाको उत्पादनको अभियानबाट सबै राजनीतिक पार्टीका नेताहरुले पाठ सिक्नुपर्ने विचार पनि राखे । यस्तै पत्रकार डिवि वुढाले उत्पादनको कार्य सकरात्मक भएको र यसमा राज्यले आवश्यक सहयोग गरिदिनु पर्ने विचार राखे ।

पत्रकारहरुले एउटा राष्ट्रको आसा लाग्दो नेतासंग स्याउ रोप्न पाएकोमा आफूहरु निकै हर्षित भएको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।