२२ बैशाख २०८१, शनिबार

जुम्लामा पुगेर स्याउ रोप्न पाउदा खुसी लागेको छ

0

नेकपा पोलिट ब्यूरो सदस्य असल सी
‘हाम्रो उद्देश्य देशलाई समृद्धि पार्ने,समाजलाई, राष्ट्रलाई र पार्टी जीवनलाई पनि समृद्धिको दिशातिर लिने हाम्रो उद्देश्य छ । यसमा नवौं महाधिवेशनले गरेको संश्लेषणहरु उत्पादन सम्वधिको संश्लेषण,कृषि सम्वन्धिको संश्लेषण पुरा गर्नु हाम्रो उद्देश्य हो । त्यो अभियानमा छौ । देशमा यस्ता उत्पादनका कामहरु देशभरी गरिरहेका छौ । यो पछिल्लो स्याउ रोपाई कार्यक्रम तत्कालको कार्यक्रम हो । जुम्लामा आएर महासचिवसंग, जुम्ली जनता र जुम्लाको पार्टीसंग काम गर्न पाउदा हामीलाई खुसी नै लागेको छ । हाम्रो उद्देश्य यो देशलाई समाजवादतिर लिने हो । समाजवादी दिशातिर लिदै गर्दाखेरी एउटा समृद्ध देश सभ्य सुन्दर देश निर्माण गर्नु हाम्रो उद्देश्य छ ।

संसदवाद,पुँजीवाद दलाल पुँजीवाद र सच्चा कम्युनिष्टहरु बिचको अन्तर धेरै छ । हामी जनताको लागि सेवा गर्छौ । हामी डाँडा उखेल्छौ । पहाड उखेल्छौ । हिमाल उखेल्दै गर्दा हामी हाम्रो देशमा सुन्दर फलफुल लगाउने सपना लिएर हिडेका छौ । उहाँहरु कुसीको खेल खेल्नु हुन्छ । कुर्सी कसरी जोगाउने ? कसरी प्राप्त गर्ने ? कसरी आउछ ? भन्ने कुरामा हुनुहुन्छ यही अन्तर छ । हामी क्रान्तिकारी कम्युनिष्ट हौं । उहाँहरु संसदवादी पुँजीवादी दलाल पुुँजीवादमा फस्नु हुन्छ र फसिरहनु भएको छ । उहाँहरुसंग हाम्रो हाम्रो तुलना नै हुदैन । हाम्रो नेता विप्लव यहाँ आउनु भएको छ । कसैले त्यहाँ कुर्सीको खेल खेलिरहेका छन । धेरै अन्तर छ । त्यो परिणामले देखाईरहेको छ । हामीलाई यहाँ आउदा कठिनाई छैन । जब सपना देखिन्छ नि ! दुख र कठिनाई पनि आनन्दित हुन्छन । सुन्दर सपनाले रमाईलो र उत्साहमा हाम्रा कठिनाईहरुलाई विर्साई दिन्छ ।’ (जुम्लामा स्याउ लगाउने अभियानमा खटिरहेको वेला लिएको प्रतिक्रिया)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।