२२ बैशाख २०८१, शनिबार

दलाल व्यवस्थाले आत्मनिर्भर उत्पादनमा ध्यान दिदैन

0

नेकपा पोलिट ब्यूरो सदस्य आदर्श सी

‘यो हाम्रो केन्द्रीय समितिले लिएको उत्पादनको नीति अनुसार स्याउ रोप्न आएका छौ । अहिले सम्म कम्युनिष्टहरुले विचार र संगठनको कुरा मात्र गर्ने तरिकाले समस्या भयो । हामीले उत्पादनको कुरा लियौ । कम्युनिष्टहरुले उत्पादनलाई जोड दिनु पर्छ । आर्थिक बलियो बनाएपछि देश बलियो हुन्छ,समाज बलियो हुन्छ, जनता धनी हुन्छन । त्यसकारण हामी देश चलाउन सक्छौ । समाज चलाउन सक्छौ । समाजवाद ल्याउन सक्छौ । पूँजीको विकास गर्नुपर्छ । त्यसपछि मात्र हामीले समाजवाद लागु गर्न सक्छौ । हामीले नेपाली विशेषताको समाजबाद भनेपनि तत्काल अहिले हामीले कम्युनिष्ट विचार दिने हो । पुँजीको विकास गर्ने हो,जनतालाई काम गरेर खानुपर्छ भन्ने सन्देश दिनु पनि हो । यो हाम्रो जिम्मेवारी हो । पार्टीले गर्नु पर्छ ।
यत्तिमात्रै सीमित होईन, यो त हाम्रो उत्पादनसंग जोडिएको हिमाली,पहाडी तथा तराईका क्षेत्रमा के के चाहिन्छ ? चिजहरु उत्पादन गर्न सकिन्छ ? भन्ने कुरामा हाम्रो ठुलो अभियान छ । पार्टी पनि आत्मनिर्भर हुनुपर्छ,जनता पनि हुनुपर्छ भन्ने छ । दिर्घकालिन सोचका साथ बनाईको योजना हो । वैज्ञानिक कुरा हो । श्रम नगरे कुनै पनि देशमा खान पाईदैन । सरकारमा जानुको उद्देश्य देश र जनतालाई व्यवस्थापन गर्नका लागि हो । तर यो दलाल पुँजीवादी व्यवस्थामा केही पनि व्यवस्थापन हुन सक्दैन ।
स्याउ लगाउदा सरकारले सहयोग गर्नु पर्यो भन्दा हुन्छ त भने लाष्टमा उनीहरुले कानून,नियमले रोक्छ भनेर एउटा सामान्य हुने कुरा पनि पार्टी समेतलाइ सहयोग गर्न सकेनन् भने जनतातिर त फर्किने र जनतालाई सहयोग गर्ने आत्मनिर्भर बनाउने उत्पादनमा ध्यान दिने त कुरै भएन । दलालहरुले देश अर्कोको जिम्मा लगाउने वाहेक केही उद्देश्य छैन । उनीहरुलाई रुपान्तरण गरी नेपाली विशेषताको समाजवादसम्म लिने प्रयास गर्नुपर्छ ।’  (जुम्लामा स्याउ लगाउने अभियानमा खटिरहेको वेला लिएको प्रतिक्रिया)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।