१७ बैशाख २०८१, सोमबार

नेकपाका महासचिव विप्लवले कालिकोटे र जुम्ली आमाहरुसंग खेले देउडा

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले  कालिकोटे र जुम्ली आमाहरुसंग रमाउदै देउडा खेलेका छन ।

सोमबार जिल्लाको नाग्मबजारमा आयोजित जनसभालाई सम्बोधनपछि कार्यक्रमममा सहभागी आमाहरुसंग रमाउदै देउडा खेलेका हुन ।
महासचिव विप्लवलाई देउडामा पार्टीका स्थायी समिति सदस्य भरत सी,पिविएम असल,आदर्श सी लगायतका नेताकार्यकर्ताहरुले पनि साथ दिएका थिए ।

स्थायी समितिका सदस्य भरत सीको रचनामा भर्खरै बजारमा आएको ‘घुसतन्त्रले दुख पाईएको छ कमरेड, देशलाई अव विप्लव चाहिएको छ’ भन्ने गीतमा देउडा लगाईएको थियो । निकै रमाईलो भएको देउडा खेलमा कार्यक्रममा सहभागी आमा तथा दाजु भाईहरु पनि जोडिएका थिए ।

देउडाको भावले नेपालमा दलाल तथा धुसतन्त्र छ,बेरोजगारी छ,यसलाई हटाउनुको विकल्प छैन, नेपालमा समाजवाद चाहिन्छ र त्यसको लागि विप्लवले नेतृत्व गर्नु पर्छ र विप्लव चाहिन्छ भनिएको थियो ।

देउडामा लागेका नेता विप्लवले जनताको साथमा पाईतिमा पाईति मिलाउदै देउडा खेलेका थिए । जुम्ली र कालिकोटे आमाहरुले आफ्नो लागि संघर्ष गरिरहेको नेतासंग देउडामा रमाउन पाउदा निकै खुसी व्यक्त गरेका थिए ।

महासचिव विप्लवले मध्य तथा सुदूरपश्चिमको लोकप्रिय देउडालाई संरक्षण गर्न र प्रोत्साहित गर्न देउडा खेलेको बताएका छन । मध्य तथा सुदूरपश्चिमको गहनाको रुपमा लिने देउडा आवश्यकता अनुसार महिला पुरुपको गोलो घेरामा हातमा हात मिलाउदै र खुट्टाको तालमा ताल मिलाउदै खेलिने खेल हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।