१७ बैशाख २०८१, सोमबार

युवा संगठन नेपाल पूर्वी वाजुराको पाँचौं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न

0

बाजुरा । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल पूर्वी वाजुराको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

‘दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि हाम्रो आन्दोलन, नेपाली बिशेषताको समाजवाद स्थापनाको लागि पाचौं जिल्ला सम्मेलन’ भन्ने मुलनारा सहित सोमवार जगनाथ गाउँपालिकाको जुड्डीमा सम्पन्न भएको हो ।

सम्मेलनले भविष्यको नेतृत्वमा २१ सदस्सीय युवा संगठन नेपालको पूर्वी जिल्ला समिति निर्वाचित गरेको छ ।
सम्मेलनका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सीले सम्वोधन गर्दै युवा भनेको परिवर्तनको मुख्य शक्ति भएको बताए । उनले अबको परिवर्तनको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउदै दलाल संसदीय व्यवस्थामा युवाहरुलाई खाडी पठाउने बाहेक अरु केही पनि नहुने बताए ।

उनले नेपालमै रोजगारीको व्यवस्था गर्ने र नेपालमै उत्पादन गर्ने व्यवस्था आवश्यक भएको चर्चा गर्दै त्यसका लागि नेपाली विशेषताको समाजवाद आवश्यक भएको ठोकुवा गरे ।

कार्यक्रमका अतिथि नेकपा जिल्ला इन्चार्ज भुपेन्द्र सीले युवाहरुको संगठन अरु पार्टी संगठन भन्दा फरक भएको बताए । कार्यक्रममा अतिथिको रुपमा नेकपा जिल्ला सचिवव बिमल सी, जिल्ला न्याय बिभाग प्रमुख बिलास सीको पनि उपस्थिति रहेको थियो ।  कार्यक्रमको अध्यक्षता कुम्भ सीले गरेका थिए भने सन्चालन नवीन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।