१७ बैशाख २०८१, सोमबार

माओवादी केन्द्रका २ जिल्ला सदस्य सहित ३ जना नेकपामा प्रवेस

0

कालिकोट । नेकपा माओवादी केन्द्रका २ जना जिल्ला समिति सदस्य सहित ३ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेस गरेका छन । सोमबार कालिकोट र जुम्लाको सीमा बजार नाग्ममा आयोजित जनसभामा उनीहरु प्रवेश गरेका हुन ।

प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रका जुम्ला जिल्ला सदस्य हिमा गाउँपालिका ७ का कुम्भ बहादुर शाही र माओवादी केन्द्र कालिकोट जिल्ला सदस्य महावै गाउँपालिका २ ओदाका रामवहादुर सिंह नेकपामा प्रवेस गरेका हुन ।

उनीहरुसंगै जुम्लाको हिमा गाउँपालिका ४ घर भएका ५८ बर्षिय मन बहादुर शाही पनि नेकपामा प्रवेश गरेका छन । उनीहरु तीनै जनालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले फुलमाला र अविर लगाएर स्वागत गरेका थिए ।

नवप्रवेशी माओवादी केन्द्रका जिल्ला समिति सदस्य शाही र सिंहले माओवादी केन्द्रले जनताको एजेण्डा छोड्दै गएकाले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।