१७ बैशाख २०८१, सोमबार

विप्लवलाई एकपटक टेस्ट गर्ने अवसर दिनुहोस्ः आदर्श सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य आदर्श सीले विप्लवलाई नेपालमा एक पटक टेस्ट गर्ने अवसर दिन कालिकोटे र जुम्ली जनतालाई अपिल गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोट र जुम्लाले संयूक्त रुपमा सोमबार नाग्मबजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पोलिट व्यूरो सदस्य आदर्श सीले यस्तो कुरा बताएका हुन ।

पोलिट व्यूरो सदस्य आदर्शले भने ‘नेपालमा बेला –बेला अरु पार्टीलाई हेर्नु भयो,उनीहरु सिंहदरवार भन्दा तल आएनन्, तपाईहरुको जीवनस्तरमा आर्थिक परिवर्तन भएन,जनतालाई कहिलै धोका दिन नसक्ने नेता विप्लव हो, त्यसैले एकपटक विप्लवलाई टेस्ट गरेर हुर्नुहोस् ।’

उनले विप्लवलाई सानै उमेर देखि आफूले चिनेको इमान्दार तथा जनताको सामूहिक हितलाई केन्द्रमा राख्ने नेता भएको बताए । नेता आदर्शले नेपालका संसदवादी पार्टीहरुले नेपाली जनतालाई पटक –पटक धोका दिएको बताए ।

उनले जनतालाई कुनै पनि हालतमा धोका नदिने एकमात्र नेता विप्लव भएको भन्दै वास्तविक श्रम र उत्पादनसंग जोडिएको नेता विप्लव भएको दाबी गरे ।

उनले नेपालमा विदेशीहरुले हस्तक्षेप गर्ने व्यवस्था आवश्यक नभएको भन्दै अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवा गरे ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।