३ जेष्ठ २०८१, बिहीबार

वर्तमान संकटको समाधान समाजवाद नै हो : देवनारायण सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य देवनारायण सीले वर्तमान संकटको समाधान वैज्ञानिक समाजवाद भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले आयोजना गरेको ‘वर्तमान राजनीतिक–आर्थिक सङ्कट र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तिरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

वर्तमान राजनीतिक संकटको मुख्य कारण दलाल संसदीय व्यवस्था भएको भन्दै यसको अन्त्य नै संकटको समाधान भएको बताए । उनले दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण कारण नेपालको अर्थतन्त्र संकटमा परेको जिकिर गर्दै यसको समाधान समाजवादमा हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको उनले उत्पादनमा जोडिनु, आत्मनिर्भर बन्नु नै समाजवादको पहिलो एजेण्डा भएकाले समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्तिको अभियानमा जोडिन सबैलाई अपिल गरे ।

सुर्य सीको अध्यक्षतामा सुरु भएको कार्यक्रम शोभित सीले संचालन गरेका थिए । कार्यक्रममा पश्चिम जनकपुर व्युरो इन्चार्ज, केन्द्रीय सदस्य जुझारु सी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य विक्रम आचार्य, बुद्धिजिवि दिपनारायण कुशुवा लगायत अतितियको उपस्थिति रहेको थियो । सुर्य सीद्वारा प्रस्तुत कार्यपत्रमा समर्थन गर्दै बोल्ने बत्ताहरुले नेपालमा समाजवादी अपरिहार्य भएको धारणा राखेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।