२ जेष्ठ २०८१, बुधबार

धार्मिक कट्टरता श्रमिक समुदायको मुख्य चुनौती : सन्तोषी सी

0

 

कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनबाट नै युगौदेखि आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक उत्पीडनमा पर्दै आएको श्रमिक समुदायको मुक्ति र अधिकारको पक्षमा काम गर्न र यसबारे अनुसन्धान गर्ने उदेश्यले श्रमिक समुदाय विभाग निर्माण गरेको हो । यो विभागको मुख्य जिम्मेवारी खासगरी श्रमिक समुदायको समस्यालाई अध्ययन- अनुसन्धान गर्नु र आवश्यकताअनुसार नीति निर्माणमा सुझाव दिनु हो।भारतीय महादिपमा राजामहाराज, ऋषिमुनीहरुले समाजलाई जसरी बिखण्डित गर्ने काम भयो, यसले श्रमिक समुदाय बर्ग जुन छ त्यो एकदमै दबिएर आयो, अहिले पनि दबिएकै अवस्थामा छ।यसलाई मानव समाजको नयाँ परिभाषा दिनुपर्ने आवश्यकता छ र हामी त्यो दिशामा काम गर्न प्रयास गर्दैछौ।

नेकपाले जातव्यवस्थामा आधारित संरचनाबाट मुक्त गरेर नयाँ समाज निर्माण गर्ने हिसाबले जुन युगान्तकारी घोषणा गर्‍यो,त्यो निकै महत्त्वपूर्ण छ । यसले अब मानवसमाजलाई नयाँ ढङ्गले परिभाषित गर्नेछ । सी जातिको निर्माणले नै सिङ्गो मानवसमुदायलाई एउटा जातिमा बाधिन आवश्यक छ ।त्यसक्रममा हामीले देशभर २९ वटा जिल्लामा अन्तर्कृया गरेका छौं । कुराकानीको क्रममा थोरै मानिसहरुले मात्रै हाम्रो प्रस्ताव र नयाँ जातिनिर्माणबारे केही जिज्ञासा र फरक बुझाइ राखेको पाएका छौँ, समाजको ठूलो हिस्सामा हाम्रो प्रस्तावमा निकै सकारात्मक धारणा पायौं ।

अहिले वैज्ञानिक समाजवादमा आधारित भएर नेपाली विशेषताको समाजवादको जुन बहस सञ्चालन भैरहेको छ, र सिङ्गो मानव समुदायको मुक्तिको बाटो तय गर्ने जुन प्रयत्न भैरहेको छ, त्यही कुरालाई नै मद्दत हुनेगरी हाम्रो विभागले काम गरिरहेको छ । हामीले देशभर गरेका अन्तर्कृयामा कानुनविद, समाजशास्त्री , पत्रकार, राजनीतिज्ञदेखि समाजका प्रबुद्ध मानिएका विभिन्न व्यक्तिले समेत भाग लिएका थिए।

कुनैपनि सहि र नयाँ विचारलाई स्थापित गर्न र कार्यान्वयन गरेर साबित गर्न कुनै न कुनै संस्था त आवश्यक भैहाल्छ,।समाज जसरी निरन्तर अगाडि बढिरहेको हुन्छ, यसमा केही असहमति वा भिन्न बुझाई त आइहाल्छन् । यसरी नै नयाँ विचारलाई स्थापित गर्दै अगाडि बढ्न सकिन्छ । परिवर्तनको यो यात्रामा हामी घनिभुत रूपमा अगाडि बढी नै रहने छौं ।

कुनैपनि नयाँ काम गर्दाखेरी चुनौती भन्ने चिज त आइहाल्छन्, हाम्रो विभागको कामको क्रममा पनि केही व्यवधान हुन्छन् नै।समाजमा अहिले आध्यात्मिक विचार र भौतिकवादी बिचार दुबै भएकोले यी दुईवटा विचारको बिचको टक्कर छ।धार्मिक कट्टरताको समस्या छ।यसलाई परास्त गर्ने कुरा नै विचारधारात्मक रूपमा अहिलेको ठूलो चुनौती हो।

 

(श्रमिक समुदाय विभाग प्रमुख सन्तोषीसङ्ग शेरबहादुर विश्वकर्माले गरेको कुराकानीमा आधारित सामग्री)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।