३ जेष्ठ २०८१, बिहीबार

टाटा मोटरको मुल्य घटाई स्वरोजगारलाई सहज बनाउन यातायात मजदुर संघको माग

0

ललितपुर। टाटा मोटर्सका विभिन्न मोडलका विद्युतीय ट्याक्सीको मूल्य घटाई स्वरोजगार मुलक व्यवसाय गरिरहेका मजदुरलाई सहज बनाउन अखिल क्रान्तिकारी यातायात मजदुर संघले माग गरेको छ। पछिलो समयमा टाटा मोटर्स कम्पनीले निकालेको TATA T मोडेलको विद्युतीय गाडी स्वरोजगारमुलक यातायात मजदुरले प्रयोग गर्न नसक्ने भन्दै आज बालकुमारीस्थित टाटाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

मजदुर संघले, टाटा मोटर्स कम्पनी र नेपाल सरकारबीच भएको TATA T Full option को EV गाडी नै २० वर्ष भन्दा पुराना ट्याक्सीको सट्टा भर्नाको रुपमा संचालन गर्नु पर्ने भनिएको सम्झौता खारेज गरि सो भन्दा कम मुल्यको गाडी ल्याई नयाँ सम्झौता गर्नु पर्ने माग समेत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जीवन्त सीको नेतृत्वमा, अखिल क्रान्तिकारी यातयात मजदुर संघका केन्द्रीय अध्यक्ष लालबहादुर सी, उपाध्यक्ष दिनेश सी, कोषाध्यक्ष विनोद सी, स्वरोजगार सङ्घर्ष समितिका उपसंयोजक रमेश बराइली लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।