१७ बैशाख २०८१, सोमबार

तुलसीपुरमा समाजवादी मोर्चा नेपालको घोषणा

0

घोराही । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ४ दल सम्मीलित समाजवादी मोर्चा नेपालको तुलसीपुर नगर स्तरीय घोषणा सभा सम्पन्न गरिएको छ ।
विप्लव सी नेतृत्वको नेकपा सहित नेकपा (माके) , नेकपा (एस) , जसपा सहितका दलहरुले केन्द्रबाट बनेको मोर्चाको निर्णय अनुसार तुलसीपुरमा पनि मोर्चा गठन गरेका हुन् ।

मोर्चाको नेतृत्व हाललाई नेकपा (माओवादी केन्द्र) ले गर्ने भएको छ । तुलसीपुर नगर स्तरीय समाजवादी मोर्चाको घोषणा कार्यक्रमले माओवादी केन्द्रका मोहन थापाको संयोजकत्वमा १२ सदस्यीय कमिटी गठन गरेको हो ।
जसको सदस्यहरुमा अमर नेपाली, मिनराज वली , जिवनी सी , रुद्र सी , शिव सी , जगदिश देवकोटा , रमा भण्डारी , मदन केसी , गिता देवकोटा , दोषबहादुर महतरा र शुकराम विक रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कुबेर वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सम्झना सी , नेकपा (एस) का केन्द्रिय सदस्य अनारकली मियाँ , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य सुन्दर सी , माओवादी केन्द्रका सल्लाहकार समितिका सदस्य शेषुराम भण्डारी , नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य विकास सी , नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङका सेक्रेटरी जनक सी , नेकपा (एस) का केन्द्रीय परिषद सदस्य चित्रा मल्ल , जसपाका मोहन वली लगाएतको आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि , विशिस्ट अतिथि , अतिथिहरु लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै अबको विकल्प समाजवाद भएकाले समाजवाद प्राप्तिको बाटोमा मोर्चा अग्रसर रहनुपर्ने धारणा व्यक्त गरेका थिए ।

नेकपाका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण खुशीराम चौधरीले गरेका थिए भने अध्यक्षता जगदिश देवकोटाको रहेको थियो ।

मोर्चाको नगर कमिटी घोषणा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।