१७ बैशाख २०८१, सोमबार

अछाममा समाजवादी मोर्चा घोषणा अध्यक्षमा लोकेन्द्र सी

0

काठमाडौं। अछाममा समाजवादी मोर्चा घोषणा गरिएको छ । मंगलबार जिल्ला सदरमुकाम मंगलसेनमा एक कार्यक्रमको आयोजना गरी अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामका जिल्ला सचिव लोकेन्द्र सीसहित ६ सदस्यीय जिल्ला संयोजन समिति बनाइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) सहितकाे समाजवादी मोर्चा घाेषणा गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य विकल्प सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे विशिष्ट अतिथिमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य कुल बहादुर कुँवर र नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य मिना सी रहेका थिए ।

समाजवादी मोर्चा घाेषणा सभाकाे प्रमुख अतिथिकाे आशनबाट बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य विकल्प सीले आर्थिक,सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्न तथा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरू एकताबद्ध भएको बताएका छन्।

यस्तै उनले नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको पनि प्रष्ट पारे ।

यस्तै नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य कुल बहादुर कुँवरले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरा स्वाभाविक भएको बताए।

हरेक क्षेत्रमा एकता हुनु राम्रो कुरा भएको बताउदै केन्द्रीय सदस्य कुँवरले राम्रो उद्देश्य बोकेर समाजवादमा जाने सबै शक्तिलाई मिलाएर लैजानु आजकाे आवश्यक भएको धारणा राखे।

कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य मिना सीले आर्थिक,सामाजिक,सांस्कृतिक रूपान्तरण र समृद्धिका सवाललाई उठान गर्न समाजवादी मोर्चा बनेकाे बताइन् ।

कार्यक्रममा नेकपा पुर्वी अछाम जिल्ला सचिव चट्टान सी ,नेकपा माओवादी केन्द्रका जिल्ला सचिव उदय बिष्ट,नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष योगेन्द्र बिष्ट,अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य देबेन्द्र बुढा , अखिल (समाजवादी) केन्द्रीय सदस्य दिपेन्द्र सी,युवा संगठनका केन्द्रीय सदस्य कुमार सी लगायतकाे सहभागिता रहेकाे थियोे ।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य शिव बाेगटीकाे स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमकाे सञ्चालन नेकपा एकिकृत समाजवादीका जिल्ला उप सचिव नैन सिंह साेडारीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।