६ जेष्ठ २०८१, आईतवार

प्रेस राज्यको चौथों अंग मानिएपनि कानूनी र व्यवहारिक रुपमा हुन नसकेको बक्ताहरुको भनाई

0

बाँके । नेपालगंजमा आयोजित एक कार्यक्रमका बक्ताहरुले नेपालमा पत्रकारिता क्षेत्रलाई राज्यको चौथों अंग मानिएपनि कानूनी तथा व्यवहारिक रुपमा चौथों अंग हुन नसकेको बताएका छन ।

जनपत्रकार संगठन नेपाल बाँकेले आईतबार आयोजना गरेको ‘बर्तमान राजनीतिक संकट र संचारमा त्यसको दुश्प्रभाव विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले पत्रकारिता क्षेत्र राज्यको चौथों अंग मानिएपनि कानूनी र व्यवहारिक रुपमा नभएको बताएका हुन ।

उनीहरुले राज्यको व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकालाई आवश्यक पर्ने बजेट छुट्याएर व्यवस्थापकीय कामहरु गरेपनि पत्रकारिता क्षेत्रमा राज्यले आवश्यक बजेट छुट्याएर व्यवस्थापन गर्न नसकेको गुनासो पोखेका छन ।

उनीहरुले राज्य प्रेस जगतमा अंकूस लगाउने र फासिवाद तिर केन्द्रीत हुन खोजेको त होईन ? भनि प्रश्न समेत गरेका छन ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख बक्ता अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु सीले पत्रकारिता र राजनीतिक संगसंगै जोडिएको विषय भएपनि नेपालको अस्थीर राजनीति भएकाले पत्रकारिता क्षेत्र व्यवस्थित हुन नसेको बताईन ।

उनले नेपालमा दलाल पुँजीवादी राज्य व्यवस्थाका कारण पत्रकारिता क्षेत्र मात्र नभईन कुनै पनि क्षेत्रले सन्तुष्टि लिने बातावरण नभएको जिकिर गरिन ।  उनले भनिन् ‘अहिले चारैतिर कालो बादल छ, दलाल पुँजीवादले निरासा तिर देशलाई लिएको छ, यस भित्रबाट हामीले आसाको जुनकिरी देख्नु पर्छ, व्यवस्था बदल्नु अहिलको मुख्य आवश्यकता हो । दलाल पुँजीवादी व्यस्था बदलेर नेपालमा नेपाली विशेषताका समाजवादमा देशलाई नलिए सम्म कसैको समस्या समाधान हुने अवस्था छैन ।’

उनले प्रेस जगतलाई चौथों अंग भनेपनि यो केबल हात्तिको देखाउने दाँत मात्र भएको र यसलाई व्यवस्थित गर्ने योजना दलाल पुँजीवादी व्यवस्थासंग नभएको टिप्पणी गरिन ।
कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै राज्यले प्रेस जगतलाई प्राथमिकता नदिएको बताए ।

उनले नेपालमा पत्रकारहरुको हकअधिकारका लागि लड्ने नेपाल पत्रकार महासंघ भएपनि केबल महासंघ चुनाब लड्ने र पदमा जाने माध्यम भएको धारणा राखे । उनले अब संसदीय चुनाव भन्दा बढी महासंघको भड्किलो चुनाब हुने गरेको भन्दै यस्तो महासंघ भित्रको विकृति रोक्न महासंघ पूर्नसंरचना हुन आवश्यक भएको बताए ।

अध्यक्ष विश्वकर्माले महासंघले असफल व्यवस्थाको विकल्पमा उत्रिने आँट गर्नु पर्ने भन्दै अबको निकास नेपाली विशेषताको समाजवाद मात्र हुने र त्यसमा जाने बारे आधिकारीक निर्णय गर्न जरुरी भएको बताए ।
कार्यक्रममा बरिष्ठ पत्रकार,लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटरले प्रेसप्रति राज्य उदासिन भएको भन्दै पत्रकार स्वयम पनि सत्य कुरालाई लेख्न सक्ने,बोल्न सक्ने र वाण भएर बाँच्न सक्ने हुनुपर्ने बताए ।

उनले नेपालमा नायकहरु ध्वस्त भएको बेला विश्वासको संकट थपिएको बताउदै अब विश्वासको बातावरण बताउनु पर्नेमा जोड दिए ।
उनले निरास हुनु मृत्यु सरह भएको भन्दै निरास हुन नहुने बताए ।

कार्यक्रममा प्राध्यापक हरी तिमिल्सेनाले नेपाल पत्रकार महासंघले पत्रकारको हकहितको लागि कामहरु गर्न नसेको आरोप लगाए ।

 

उनले राज्यले पत्रकारिता क्षेत्र टिकाउने बातावरण बनाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने ‘मुल जरो राजनीतिक हो, यो नेपालमा सुधारिएको छैन, यो नसुधारिदा सम्म पत्रकारिता लगायतका क्षेत्रहरु सुधार हुन सक्दैन ।’

कार्यक्रमममा बरिष्ठ पत्रकार झलक गैरेले लामो समय लडेपनि उपलब्धिहरु अझै हात नपरेको बताए । उनले आज मिडिया क्षेत्रमा सरकारी मिडिया, कर्पोरेड मिडिया र स्वरोजगारमूलक मिडियाहरु गरी तीन प्रकारका मिडियाहरु रहेको भन्दै राज्यले सरकार नियन्त्रित मिडियाहरुमा मात्र ध्यान दिने गरेको टिप्पणी गरे ।

समाजवादी प्रेसका बाँके अध्यक्ष लोकनाथ शर्माले मिडिया क्षेत्र निकै अप्ठ्यारो अवस्थाबाट चलेको भन्दै धेरै कर्मचारीहरु कटौती गर्नुपर्ने अवस्था भएको बताए ।

कार्यक्रममा पत्रकार आसा परियार,खुम्बु पुन, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायतका बक्ताहरुले देशमा आर्थिक संकट गहिरिदै गएको धारणा राख्दै यसको समाधान खोज्नु पर्ने बताए । उनीहरुले पत्रकारिता क्षेत्रलाई साँच्चीकै राज्यको चौथों अंग बनाउनका लागि राज्यले आवश्यक बजेट विनियोजन गर्नु पर्ने र समानुपातिक प्रणालीमा सबै मिडियाहरुलाई विज्ञापन वितरण गर्नु पर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य संगम सी,रणदिप सी लगायत बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता तथा संचालन जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त विकले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।