२४ बैशाख २०८१, सोमबार

नेकपा र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा मनाए चार जना सहिदको स्मृति दिवस

0

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा जनयुद्धमा सामूहिक रुपमा सहिद भएका चार जना सहिदको २४ औं स्मृति दिवस नेकपा र नेकपा माओबादी केन्द्र्रले संयुक्त रुपमा मनाएका छन ।

रास्कोट नगरपालिकामा आईतवार सहिद स्मृति दिवस कार्यक्रमको आयोजना गरी दुबै पार्टीले जनयुद्धका चार सहिदको स्मृति दिवस संयुक्त रुपमा मनाएका हुन ।

विस २०५६ साल चैत्र ४ गते आजैको दिन तत्कालिन फूकोट गाविस वडा नम्वर ६ र हालको रास्कोट नगरपालिका वडा नम्वर ७ बयालपाटामा फुकोट इलाका प्रहरी कार्यालयबाट सुराकीका कारण गस्तीमा गएको प्रहरीले जनयुद्धका होनहार चार जना क्रान्तिकारी योद्धाको घरघेरा हाली कब्जामा लिएर सामूहिक हत्या गरेको थियो ।

घटनमा तत्कालिन नेकपा माओवादीका एसीएम चरित्रा न्यौपाने (बन्दना) पार्टी सदस्य रङ्गनाथ न्यौपाने (जीवनवली) जगदीश रोकाय (न्याय) धीर बहादुर बम (दुरदर्शी) को प्रहरीले अमानवीय यातना दिएर हत्या गरेको थियो ।

तीनै चार जना सहिदहरुको २४ आौ स्मृति दिवस, सहिदलाई सम्झिदै,सहिदहरुको फोेटोमा माल्याअर्पण गदै दुबै पार्टीका नेता तथा कार्यकर्ता र सहिद परिवारहरुले संयुक्त रुपमा मनाएका छन । यो कार्यक्रमले नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रलाई नजिक ल्याएको छ । दुई पाटी बिच एउटै मञ्चमा भएको कार्यक्रमलाई सहिद परिवारहरुले पनि सकरात्मक रुपमा लिएका छन ।

२४ औं स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ्ग बिभागका इन्चार्ज भरत सीले चार जना सहिदको रगतको सपना पुरा नभएको भन्दै सहिदहरुको सपना सबैले पुरा गर्नुपर्ने बताए ।

उनले सहिदहरुलाई उच्च सम्मान व्यक्त गर्दै सहिदहरुको बलिदानले आजको परिवर्तन सम्भव भएको दाबी गरे । उनले गणतन्त्रमा जनयुद्धका सहिदहरुको उचित सम्मान नभएको पनि गुनासो गरे ।

उनले नेकपाको ९ औ महाधिवेशनले पास गरेको सी सस्कृति अनुसार सहिदहरूको बलिदान भएको दिनलाई स्मृति दिवस मनाउँदै आएको बताए ।
उनले भने ‘अहिलेको व्यवस्था दलाल पुँजीवादी व्यवस्था हो । कुनै हालतमा यसले राष्ट्र राष्ट्रियता र जनतन्त्र र जनजीविका सवालमा समस्या समाधान दिन सक्दैन । यसले सहिदहरुको सपना पनि पुरा गर्न सक्दैन । यसको विकल्पमा नेपाली विशेषताको समाजवाद हो । समाजवादले मात्र सहिद परिवार, घाइते अपांग, दुखि गरिव किसानको समस्य समाधान गर्नेछ ।’

स्थायी समिति सदस्य भरत सीले देशमा यतिबेला साम्राज्यवादी अमेरिको नाङ्गो हस्ताक्षेप बढिरहको भन्दै राष्ट्रबादी, देशभक्त क्रान्तिकारी कम्युनिस्टहरू र अझै पूर्व माओवादीहरू एक भएर जनयुद्धका उपलब्धिहरू र देशको रक्षा गर्दै समाजबाद स्थापनाको क्रान्तिमा लाग्नु पर्ने बताए ।

स्मृति दिवसमा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा रास्कोट नगर कमिटी इन्चार्ज विजय वरालले सहिदको सपना पुरा गर्न सबै माओवादीहरु एकजुट हुनुपर्ने बताए ।

उनले बर्तमान व्यवस्थाले समस्याको समाधान दिन नसक्ने भएको बताउदै नयाँ व्यवस्था जो नेपाली बिशेषताको समाजबादी व्यवस्थाको लागि सबै जुट्नु पर्ने विचार व्यक्त गरे ।

स्मृति दिवसको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी, नेकपाका महाकाली व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य समर सी, केन्द्रीय सदस्य कालिकोट जिल्ला इन्चार्ज बलमान सी, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य मिमसरा बम, प्रदेश कमिटी सदस्य हजा सुनार, नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य समग्र सी, सहिद परिवार लगायतको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्रका रास्कोट नगर कमिटी अध्यक्ष सुभास सीको अध्यक्षतामा सम्पन्न स्मृति दिवस कार्यक्रमको संचालन नेकपाका रास्कोट नगर कमिटी सचिव निर्देशन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।