६ पुष २०८१, शनिबार

च्याङ्बा लामाहरुकाे सम्झनामा

0

भदौ-असाेज महिना २०५२ सालमा शैलुङ सांस्कृतिक परिवारले गीतसङ्गीत र नृत्य प्रशिक्षण सञ्चालन गरेकाे रामेछाप बेथान निवासी क.सुफत लामाको घरमा ।भक्तपुर सूर्यविनायकमा गीतसङ्गीत भएको बेलाबखतमा क.माइला लामा, धनकाजी गुरुङ प्रशिक्षणका लागि आउनुहुन्थ्याे । नृत्य प्रशिक्षणमा प्रकाश खनालले साँझबिहान कडा शारीरिक व्यायाम गराउनुहुन्थ्याे । हाम्रो प्रशिक्षणकाे उदेश्य सगरमाथा शिखर भन्दा उच्च थियाे । पश्चिमेली छाडा, अश्लील, बुर्जुवा, सुरासुन्दरी संस्कृति, तिनले गाउने गीत र नाच्ने नाचजस्ताे थिएन । महिना दिनमा धेरै सिक्ने उदेश्य, सपना सिक्ने -सिकाउने दुवैको थियाे । जस्तोसुकै शारीरिक व्यायाम र गीतसङ्गीत, नृत्य गर्नुपरे पनि केहिजस्ताे लाग्दैथ्याे । प्रशिक्षणमा रामेछाप ,काभ्रे र केही भक्तपुरका साथीकाे सहभागिता थियो । प्रशिक्षण सञ्चालन गर्नु र भाग लिनुकाे महत्त्व सगरमाथा शिखर चढ्ने आराेहीभन्दा कम उत्साह र जाेसजाँगर थिएन ।
सबै साथीसँग चिनाजान थिएन तर पनि वर्गीय ममता थियाे । सर्वहारा वर्गीय मायाले उपस्थित थियौँ । त्यसैमा उर्जाशक्ति थियाे । गीत सङ्गीत,नृत्यमा सहभागी कमरेडहरु गलैंचा बुन्ने, थाङ्का लेख्ने, केही स्कुल पढ्दै गरेका विद्यार्थी थिए । घरकाे आर्थिक अवस्था कमजोर भई पढ्न नसकेर साँझबिहानकाे छाक टार्ने स्कुल/कलेज पढ्ने उमेरमा मजदुरी गर्नुपर्ने बाध्यता थियाे । प्रशिक्षणकाे मुख्य उदेश्य जनवादी गीतसङ्गीत, नृत्य, कला र साहित्यकाे माध्यमबाट राजतन्त्र र संसदीय व्यवस्थाकाे अन्याय, अत्याचार, शाेषण, दमनकाे अन्त्य गर्नु थियाे । जनताकाे चेतना कसरी बढाउने भन्ने जनचेतना जगाउने जागरण अभियानकाे तयारी थियो । देशमा चलिरहेको छाडा कला, साहित्य, सङ्गगीत र नृत्यका विरुद्ध सांस्कृतिक आक्रमणसंगै जनयुद्ध सुरु गर्नु थियाे ।

                       लेखक: इन्द्र सी

क्रान्तिकारीहरुकाे कला र कलाकाे विकासले निकट भविष्यमा आरम्भ हुने जनयुद्धलाई सहयोग पुर्‍याउनु थियाे । किसानहरुकाे हकअधिकार खाेसिएकाे, मजदुरहरुकाे श्रम शाेषण गरिरहेकाे, भ्रष्टाचार, महँगी, कालाेबजारी बढिरहेको, चेलीहरुकाे इज्जत लुटिरहेको अवस्था अन्त्यका लागि गरिएको प्रशिक्षण थियोे । त्याे राजतन्त्रात्मक संसदीय व्यवस्थाले तिनका विरुद्ध आवाज उठाउनेहरुलाई जेलनेल, हत्या, अमानवीय यातना दिइरहेको थियाे । यसकाे समाधान हात थापेर लम्पसार परेर सम्भव थिएन । सांस्कृतिक क्रान्तिकाे आवश्यकता थियोे । नेपालमा जनताको मुक्ति, स्वतन्त्रता, स्वाधीनताकाे लागि गीत, संगीत र कलाद्वारा पूरा गर्ने जनवादी सांस्कृतिक क्रान्तिकाे तयारीकाे आन्दोलन थियाे । त्यसैकाे पूरक रुपकाे विकास भयाे । शैलुङ सांस्कृतिक परिवारकाे प्रशिक्षणले कारखानाको भूमिका निर्वाह गर्न पुग्याे । आजभन्दा २५ वर्ष अगाडिकाे कुराहाे । अनेकाेटमा बलिदान गर्ने सांस्कृतिक सहिद च्याङ्बा लामा मेरो मनमा सम्झना बनेर घुमिरहनुभएकाे छ । सबै उपस्थित कमरेडहरुका विषयमा समय खेर नफालैँ । कसले के गरे, काे कहाँ छ ? कमरेड च्याङ्बा लामासँग पहिलो भेट सूर्यविनायकमा भएकाे थियो ।उहाँको जन्म काभ्रेमा दुःखकष्ट गर्ने किसान परिवारमा भएको थियाे । इमानदार र साेझाे तामाङकाे छाेरा, निकै मेहनत, तीक्ष्ण बुद्धि थियाे । विवेकशील र साहसी हुनुहुन्थ्यो । त्यसबेला शारीरिक रुपमा निकै माेटाे र फुर्तिलो लक्का जवान हुनुहुन्थ्यो ।

उहाँ र म बेलुका प्रशिक्षणपछि सँगै पलङमा भाेकै अबेरसम्म क्रान्ति र राष्ट्रका विषयमा छलफल गर्थाैँ । महिनाैँ दिनसँगै, गायाैँ, नाच्याैँ, कम्मर भाँच्याै, उफ्रियाैँ ।पसिनाले भुई भिज्याे । कयौंचाेटी लड्याे । च्याङ्बा लामा एक जाेहादा, सांस्कृतिक, क्रान्तिकाे आस्था र धराेहर मानवजातिका लागि बिर्सिन नसक्ने युवा नेता हुनुहुन्थ्यो । उहाँ २०५२ सालदेखि जनयुद्ध सुरु भएपछि गीतसंगीत लिएर गरिब, दु:खी जनताकाे घरआँगनमा पुग्नुभयाे । जनयुद्धको क्रममा जनकलाकारका रुपमा सांस्कृतिक याेद्वाहरुकाे नेतृत्व गर्दै पहाड, कुनाकन्दरा साहस, त्याग, वीरता प्रदर्शन गर्दै हिड्नुभयाे । अरु सहभागी काेही भागे, काेहि थाके, काेहि लाग्नु भएन । उहाँ महान सपनामा निरन्तर अगाडि बढिरहेको देखेर सयाैँ क्रान्तिकारी जनयाेद्धालाई प्रेरणा र उर्जा प्राप्त भएकाे थियाे । त्यसैले कयौं मानिसहरु जनयुद्धमा लामबद्व भइरहेका थिए । मालेमावादी सिद्धान्त र विचारले युक्त कमरेड च्याङ्बा गाउँघरका गरिब, किसान, मजदुर, सर्वाहारा, श्रमिक जनताका आशा र भराेसाका केन्द्र बन्नुभयाे ।
उता राजतन्त्रात्मक संसदीय व्यवस्थाकाे दिनप्रतिदिन आयु घट्दै थियाे । जनकलाकारहरुकाे गीतसंगीत र नृत्यबाट बहुलाउदै संसदीय सत्ताले २०५५ साल चैत ५ गते काभ्रेकाे अनेकाेटमा जनताको घरमा बसिरहेको समयमा चारैतिर घेरा हालि, बमगाेलि बर्साइ घरभित्रै आगाे लगाई च्याङ्बासहित ७ जना जनकलाकारकाे हत्या गर्याे । जनयुद्ध र क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा च्याङ्बा लामालगायत ७ जना जनकलाकारले हाँसीहाँसी कलकलाउँदाे भाैतिक शरीरकाे अर्पण गर्नुभयाे । रक्तपिपासु राज्यव्यवस्थाका भाडाकाे प्रहरीसंग उहाँहरुले भाैतिक शरीरकाे भिख माग्नु भएन । आत्मसमर्पण गर्नुभएन ।


गाेली, बमबारुद्वका विरुद्धमा कलम, मादल, गितार, जनवादी गीतसंगीतमा समर्पित भई उहाँहरुले प्रतिराेध गर्नुभयाे । न्याय, स्वतन्त्रता र समानता प्राप्तिका लागि छाडा, कलासाहित्य मूर्दावाद !, क्रान्तिकारी जनवादी गीतसंगीत जिन्दावाद !! भन्ने नारा लगाई उच्च सांस्कृतिक सहिद बन्नुभयाे । द्वन्द्वात्मक भाैतिकवादी दर्शन, सिद्धान्त र प्राप्त ज्ञान सिद्धान्तमा आधारित जनवादी गीतसंगीत जीवन व्यवहारमा लागू गर्न हिँडेका अनेकाेटमा बलिदान गर्ने ७ जना सहिदले छाड्नुभएकाे सांस्कृतिक क्रान्तिकारी विचार बाँच्नेहरुका लागि प्रेरणा बनेकाे छ । अवसरवादीहरुले अलपत्र छाडेको अधुराे वर्गसंघर्ष अर्को उचाइबाट एकीकृत जनक्रान्तिकाे कार्यदिशासहित सुरु भएको छ ।
अनेकाेटका सांस्कृतिक सहिदहरु र सांस्कृतिक प्रतिराेध दिवस चैत ५ गते मेराे मनमस्तिकमा सम्झनामा ताजा भएर आएको छ । उहाँहरुले पुर्‍याउनु भएको सांस्कृतिक याेगदान चीरकालसम्म रहिरहनेछ । अनेकाेटका सांस्कृतिक सहिदहरु लगायत हजारौंकाे त्याग र समर्पणबाट पाठ सिक्दै लाेभ र स्वार्थमा नडुबि क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु छ । भाेकै, नाङ्गै खुट्टा पुसकाे जाडो, चैत बैशाखकाे गर्मी र घामकाे प्रवाह नगरी मुक्ति अभियानबाट प्राप्त जनवादी गीतसंगीतकाे अपमान गर्न दिनु हुँदैन । उहाँहरुकाे मर्म र भावनालाई सुन्न र बुझ्न नचाहनेहरुलाई सांस्कृतिक क्रान्तिबाट जवाफ दिनुपर्दछ । जनवादी गीतसंगीत, नृत्य, कला र साहित्य प्रतिक्रान्तिमा बदल्ने, पद, पैसा, प्रतिष्ठामा साट्ने, तिनकाे राष्ट्रघाती अभियानमा सफल हुन दिने छाैनाैँ । श्रमजीवी वर्ग, क्षेत्र, लिङ्गकाे मुक्तिका लागि सहिदहरुकाे बलिदानलाई पछ्याउने प्रतिबद्धता व्यक्त गर्दछाैँ । च्याङ्बा लामालगायत अनेकाेटका सहिदहरुलाई हार्दिक श्रद्धाञ्जली !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।