२ जेष्ठ २०८१, बुधबार

स्वदेशी उद्योग र उत्पादनविना देशविकास असम्भव : अध्यक्ष धामी

0

नेपालगञ्ज/ उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष एवम् युवा व्यवसायी टङ्क धामीले स्वदेशी उद्योगको विकास र आन्तरिक उत्पादनविना देशको विकास र आर्थिक समृद्धि असंभव रहेको टिप्पणी गरेका छन् ब।शनिबार नेपालगन्जमा आयोजित वर्तमान आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव बिषयक अन्तर्कृयामा मन्तव्य राख्नेक्रममा अध्यक्ष धामीले यस्तो धारणा राखेका हुन् ।

” देशमा अहिले आर्थिक संकट छ, यसले व्यवसायीहरू निकै अफ्ठ्यारोमा छन्, व्यापार व्यवसायमा करिब ९०प्रतिशत गिरावट आएको छ”- अध्यक्ष धामीले मन्तव्यको क्रममा उल्लेख गरे-“संकटको दिगो  समाधानका लागि देशभित्र आफ्नै उध्योग र उत्पादन हुनपर्‍यो, यसका लागि राज्य उत्तरदायी हुनुपर्छ, उद्योग र उत्पादनविना देश विकास असंभव छ,हामी यो स्थितिबाट कसरी निस्कने भनेर चिन्तित छौं “

मन्तव्यको क्रममा उनले  दक्षिणतिरको खुला सिमानाका कारण भन्सार छलेर आउने बस्तुहरु तथा अनौपचारिक कारोबारका कारण समेत राज्यलाई करोडौंको नोक्सान हुनुका साथै स्वदेशी व्यवसायीहरू सखाप हुने स्थिति आएको भन्दै समस्या समाधानमा आफुहरु बिगत ६ महिनादेखि निरन्तर प्रयास गरिरहेको बताए ।

व्यवसायीहरुलाई बैंकिङ्ग क्षेत्रले ६ प्रतिशत व्याजदरमा लिएको कर्जा १२/१३प्रतिशत सम्म बढाएको र अहिले फेरि ब्याजदर घटिरहेकोतर्फ संकेत गर्दै अध्यक्ष धामीले यसरी बैंकिङ्ग क्षेत्रको व्याजदरको निरन्तर अस्थिर र उतारचढावको अवस्थाले ढुक्कसङ्ग काम गर्न समेत समस्या सिर्जना गरिरहेको बताए।

अहिलेको आर्थिक संकटको स्थितिमा उद्योगी, व्यवसायी लगायत समाजका सबै क्षेत्र अस्तव्यस्त भएको भन्दै आमसञ्चार माध्यमले अझै सशक्त भुमिका निर्बाह गर्नुपर्ने अपेक्षा रहेको समेत अध्यक्ष धामीको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।