१७ बैशाख २०८१, सोमबार

अमेरिकामा सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण

0

एजेन्सी । अमेरिकामा शल्यचिकित्सकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेको बीबीसीले जनाएको छ ।

जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै यो पहिलो पटक हो । यसअघि गएको भदौमा अमेरिकाकै न्यूयोर्क यूनीभर्सिटीका अनुसन्धानकर्ताले ब्रेन डेथ अर्थात दिमागको मृत्यु भएर शारीरिक प्रतिक्रिया मात्रै बाँकी रहेको अवस्थाका एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेर अध्ययन गरेका थिए ।

यस पटक सुँगुरको मृगौला प्रत्यारोपण गरिएका बिरामीमा नयाँ मृगौलाले पिसाब उत्पादन गर्न थालेको र बिरामी केहीदिनमै अस्पतालबाट डिस्चार्ज हुने अस्पतालका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यदि आनुवंशिक रूपमा सुधार गरिएका जनावरबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिएमा डायलासिसको चलन नै सकिन सक्ने अस्पतालले दावी गरेको छ ।

डायलासिसले मानिसलाई जीवित राख्ने भए पनि सबैभन्दा उत्तम उपाय अंग प्रत्यारोपण नै हो । तर अंगको अभावका कारण बर्सेनि हजारौं बिरामीले मिर्गौलाको पर्खाइमा ज्यान गुमाउने गरेका छन् ।

जनावरका अंग मानिसमा प्रत्यारोपणबारेमा दशकौंदेखि प्रयास भए पनि सफल भएको छैन । पछिल्ला वर्षमा जिन सम्पादन र क्लोनिङलगायतका वैज्ञानिक प्रगतिले यसलाई वास्तविकताको नजिक पु¥याएको छ । जिन सम्पादन गर्दा अंगको सम्भावित अस्वीकृतिमा संलग्न जिन हटाउने र अनुकुलता बढाउन मानव जिन राख्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।