१७ बैशाख २०८१, सोमबार

छात्रालाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य पारिएकोप्रति समाजवादी छात्रा विभागद्वारा आपत्ति

0

 

काठमाडौँ – शनिबार अखिल (समाजवादी) छात्रा विभागले धादिङको धुनिबेसिको भुवनेश्वरी मा.वि.मा विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य पारिएकोप्रति आपत्ति जनाएको छ ।

शनिबार अखिल (समाजवादी) का छात्रा विभाग प्रमुख तारा सन्ज्यालद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ,-‘२०८० चैत ४ गते धादिङ जिल्लाको धुनिबेसी नगरपालिका वडा नम्बर ५ स्थित भुवनेश्वरी मा. वि. का केही शिक्षक/शिक्षिकाले कक्षा ८ मा अध्यनरत छात्रा सिम्रन थापालाई कुनै विद्यार्थीको पैसा हराएको निहुँमा विद्यालयकै शौचालयमा लगि सम्पूर्ण कपडाहरु खोली शारीरिक र चर्को मानसिक यातना दिएको र केही समय शौचालयमै थुनेर छोडेको त्यसपछि सबैले पैसा चोरेको भनेर गिज्याउन थालेपछि सिम्रन घरमा गएर आत्महत्या गरेको दु:खद घटनाले हाम्रो संगठन अखिल (समाजवादी) केन्द्रीय छात्रा विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति भनिएको छ,-‘गम्भीर प्रकृतिको घटना हुँदा परिवारले प्रहरी प्रशासनसमक्ष किटानी जाहेरी दिदा प्रहरीले आजसम्म जाहेरी लिन आनाकानी गरिरहेको र पोष्टमाटम रिपोर्ट नआउदै धुँनिबेसी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष, व्यवस्थापन समिति अध्यक्षले दाहसंस्कार गर्न धेरै दबाव दिएको र उक्त विद्यालयका प्रध्यानाध्यापकले पनि गैरजिम्मेवार अभिव्यक्ति दिनुले गम्भीर आशंका निम्त्याएको छ । परिवारको न्यायको निम्ति सबैले सहयोग गर्नुपर्ने अवस्थामा जिम्मेवार निकायबाट यी र यस्ता व्यवहारहरु देखिनुले हामीलाई आक्रोशित बनाएको छ हामी जिम्मेवार निकायको उक्त हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछौं ।’
मृतककी आमा सरस्वती थापा मगर तथा मृतक सिम्रन थापाका साथीहरु र उनको सुसाइड नोटका अनुसार विद्यालयका केही शिक्षक शिक्षिकाले सिम्रनलाई विभिन्न निउमा पहिलेदेखि नै मानसिक यातना दिदै आएको बुझिएको अखिल (समाजवादी) का छात्रा विभाग प्रमुख तारा सन्ज्यालले विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
तत्काल उक्त घटनाको किटानी जाहेरी दर्ता गरि आत्महत्या गर्न बाध्य बनाउने शिक्षक शिक्षिकाहरुलाई नियन्त्रणमा लिई सत्यतथ्य पत्ता लगाई कानुन अनुसार दोषीलाई हदैसम्मको कार्वाही गरि पीडित परिवारलाई न्याय दिलाउन अनुरोध गरेकी छिन् । अन्यथा पीडित परिवारको न्यायको निम्ति हाम्रो संगठन अखिल (समाजवादी) केन्द्रीय छात्रा विभाग जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुनेछ र त्यसबाट उत्पन परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुनेछ जारी विज्ञप्तिमा छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।