१६ बैशाख २०८१, आईतवार

समाजवादी मोर्चामा श्रमिक समूदायका एजेण्डा समेटेर सुझाव दिन कार्यदल गठन

0

काठमाडौं । समाजवादी मोर्चामा दलित समूदायका एजेण्डा समेटेर सुझाब दिन ५ सदस्सीय कार्यदल गठन भएको छ ।
शनिवार काठमाडौंमा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीको अध्यक्षतामा बसेको समाजवादी मोर्चा निकटका चारबटा दलित संगठनमा आवद्ध नेताहरुको बैठकले ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

नेपाल दलित मुक्ति मोर्चाको महासचिव शंकर दुलालको संयोजकत्वमा नेपाल दलित मुक्ति संगठनबाट बसन्त बिक., श्रमिक समुदाय मोर्चा नेपालबाट सुरज सी, समाजवादी दलित मुक्ति संगठनबाट चन्द्रेश्वर पासवान र महिला प्रतिनिधि संगिता रसाइली सहभागी रहेको ५ सदस्यीय कार्यदल गठन भएको बताईएको छ ।

दलित नेताहरुले कार्यदल मार्फत विशेषगरी समाजवादमा दलित मैत्री एजेण्डा समेटिएको मोर्चाको अवधारणा तयार गर्ने, कार्यविधि तथा साझा एजेण्डा बनाउने र तत्कालीन कार्ययोजना निर्माण गरि अघि बढ्ने सहमति गरेका छन ।

बैठकमा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत, श्रीपाइली, उपाध्यक्ष पदम बिश्वकर्मा, महासचिव शंकर दुलाल, सदस्य सानुभाइ मालभुल,नेपाल दलित मुक्ति संगठनबाट अध्यक्ष गणेश बिश्वकर्मा, उपाध्यक्ष बसन्त बिक., श्रमिक समुदाय मोर्चाबाटा अध्यक्ष रामलाल सी, कार्यालय सदस्य पदम सी, सदस्य सुरज सी र समाजवादी दलित मुक्ति संगठनबाट महासचिव प्रदीप घटाल, सदस्य प्रवीण मजाकोटी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।