१७ बैशाख २०८१, सोमबार

समाजवादी मोर्चा नेपालले चैत्र २० गते काठमाडौंमा वृहत अन्तरक्रिया गर्ने

0

काठमाडौं । चारदलिय समाजवादी मोर्चा नेपालले यहि चैत्र २० गते काठमाडौंमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आईतवार समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीको अध्यक्षतामा बसेकोे मोर्चाको सचिवालय सदस्य सहित शिर्ष नेताको बैठकले चैत्र २० गते वृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा वौद्धिक ब्यक्तित्व,राजनीतिक दलका प्रतिनिधि,बुद्धिजीवी, देशभक्त, गणतन्त्रवादी, लोकतन्त्रवादी, समाजवादी,कम्युनिष्ट वामपन्थीहरुको सभागिता रहने छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोर्चाका नेताहरुसंग छलफलका क्रममा नेकपा एमाले तत्काल समाजवादी मोर्चामा नआएपनि बाहिरबाट मोर्चालाई सहयोग गर्ने प्रतिबद्धता जनाएकोबारे बैठकमा छलफल भएको छ ।

एमालेले नेपालमा समाजवादी मोर्चा आवश्यक भएको धारणा भने राखेको छ । एमालले आफू नेपाल सरकारको सरकारी गठबन्धनबाट सरकार चलाइरहेको कारणले समाजवादी मोर्चामा तत्काल आउन नसकिएपनि सहयोग रहने र सहभागी हुने बारे पार्टीमा थप सल्लाह गर्नुपर्ने धारणा राख्दै आएको छ ।

बैठकले लेनिन जयन्तीको दिन पारेर आगामी बैशाखमा समाजवादी मोर्चा नेपालको मुखपत्र प्रकाशित गर्ने निर्णय पनि गरेको छ । वैशाखमा हुने उपनिर्वाचनका बारे पनि बैठकमा छलफल भएको छ । मोर्चाको बैठक करिब २ घण्टा चलेको थियो ।

समाजवादी मोर्चाको बैठकमा सरकारका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सम्पूर्ण समाजवादी मोर्चाका सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।