१७ बैशाख २०८१, सोमबार

नेकपा दैलेखको आयोजनामा आठविसमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेखको आयोजनामा जिल्लाको आठविस नगरपालिकाको सिगौडीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रभात जनसांंस्कृति परिवारले आईतवार सिगौडिमा भव्य जनवादी गीत तथा नृत्यहरु प्रस्तुत गर्दै भव्य कार्यक्रम गरेको हो ।

कार्यक्रममा जनकलाकारहरुले नेपालमा वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवादले दिने, नेपालका लागि समाजवादी मोर्चा आवश्यक भएको र एकीकृत जनक्रान्तिबाट नेपालमा समाजवादी सत्ता ल्याएरै छोड्ने जस्ता भावहरु समेटिएका रोचक गीत संगित तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय समिति सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सीले दलाल पुँजीवादी व्यवस्था पूर्ण रुपमा असफल भएकोले यसलाई नेपाली जनताले स्वीकार नगरेको दाबी गरे । उनले देशलाई अग्रगामी निकास दिन नेपाली बिशेषताको समाजवादले मात्र सम्भव भएको जिकिर गरे ।

नेता कलमले नेपाली जनताले स्थिरता चाहेको उल्लेख गर्दै मुलूकका कम्युनिस्ट ,समाजवादी,गणतन्त्रवादी र देशभक्त शक्तिहरु एकजुट भएर देशलाई नेपाली विशेषताको समाजवादबाट स्थिरता दिनु पर्नेमा जोड दिए ।

उनले राष्ट्रघाती एमसीसी सम्झौताको कारण देशको स्वाधीनता खतरामा परेको भन्दै यो सम्झौता खारेज गर्न आन्दोलनमा उत्रिन सबैलाई अपिल गरे ।
कार्यक्रममा नेकपा दैलेखका सेक्रेटरी प्रकाश सी,युवा संगठन नेपालका मिनेश सी,अखिल नेपाल महिला संघ(क्रान्तिकारी )केन्द्रीय समिति सदस्य सभ्यता सीको आतिथ्यता रहेकोे थियो ।

नेकपा दैलेख जिल्ला समिति सचिवालय सदस्य उदय सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लोकराज सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।