१५ बैशाख २०८१, शनिबार

नेकपाद्वारा विभिन्न राजनीतिक कार्यक्रम घाेषणा

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीले समसामयिक विषयमा राजनीतिक कार्यक्रम घोषणा गरेको छ । बुधबार उपत्यकामा उपलब्ध केन्द्रिय सदस्यहरुसङ्गको बैठकमार्फत कार्यक्रमको घोषणा गरिएको जानकारी दिइएको हो ।

महासचिव विप्लवको सहभागितामा बसेको बैठकले चैत १६ काठमाडौँमा ध्रुवीकरण कार्यक्रम गर्ने, १७ गते जेलब्रेक दिवस काठमाडौँमा मनाउने, १९ गते एकीकृत जनक्रान्तिका सहिदहरुको जीवनीमा आधारित सहिद गाथाको विमोचन गर्ने र २० गते समाजवादी मोर्चाको आयोजनामा अन्तर्कृया गर्ने बताइएको छ ।

उपलब्ध केन्द्रिय समिति सदस्यहरुको बैठकमा समसामयिक विषयमा कुरा गर्दै महासचिव विप्लवले समाजवादी मोर्चाको निर्माणले आम नागरिकमा नयाँ आशा र उत्साह थपिएको भन्दै यसलाई सफल पार्न आफुहरु अगाडि बढिरहेको बताए ।
बैठकमा नेकपा स्थायी समिति सदस्यहरु सन्तोष सी, अनिल सी, सुशील सी  र शिलु सीलगायतको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।