१५ बैशाख २०८१, शनिबार

निर्माण र उत्पादन अभियान: नेपाली क्रान्तिको एक झलक

0

(नेपाल कम्युनिस्ट पार्टीले क्रान्ति, उत्पादन, निर्माण, रुपान्तरण र सिर्जनासहितको यात्रा गरिरहेको बताइरहेको छ । देशका विभिन्न क्षेत्रमा कृषि उत्पादन, उद्योग, व्यापार गर्दै पार्टीको आत्मनिर्भर अभियान समेत थालेको देखिन्छ । महासचिव विप्लवदेखि आम नेताकार्यकर्ताहरु आत्मनिर्भर आर्थिक व्यवस्थासहित समाजवादी व्यवस्था निर्माण गर्ने अभियानमा छन् । यसै सन्दर्भमा नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा रहेको भवन निर्माण, उत्पादन अभियान र त्यसका अनुभुतिबारे कार्यालय सचिव विजय सीसङ्ग शेरबहादुर विश्वकर्माले गरेको कुराकानीलाई सम्पादन गरि यहाँ पस्केका छौं ।)

पार्टीको कपिलवस्तुमा रहेको भवन निर्माणको प्रारम्भमा पार्टीका पोलिट ब्युरो सदस्य सञ्जीव सीले कामको नेतृत्व गर्नुभएको थियो । पार्टीको नवौं महाधिवेशनसम्म भवन निर्माणको मोटामोटी काम भैसकेको थियो ।रङ्गरोगन, ढुङ्गा लगाउने काम र झ्यालढोका मिलाउने काम हामीले त्यसपछि गरेका हौं । यी कामहरू अझै जारी छन् ।

नवौं महाधिवेशनपछिका कामको जिम्मेवारीसहित कार्यालय सचिवको जिम्मेवारी समेत मैले गर्दै आएको छु।कार्यालयका लागि चाहिने सोफासेट र अन्य फर्निचरका लागि केही दक्ष जनशक्ति जुटाएर आफैले बनाउदैछौं । भवनको पेटी बनाउने, ढुङ्गा लगाउने काम र रेलिङ्ग लगाउने काम अझै पूरा भएको छैन । यी कामका लागि अहिले ३ जना साथीहरू लागिरहनु भएको छ ।
हाम्रो भवनमा ७ वटा एटेज रुम, ५ सय बढी अट्ने क्षमताको सभाहल, करिब १ सय ५० जना क्षमताको मझौला हल र राउन्डटेबुलसहितको मिटिङ हल बनाइएको छ । ३कोठाहरु वीरजङ्ग  स्मृति पुस्तकालयका लागि छुट्याइएको छ । महासचिवको भेटघाट कक्षका लागि थप ४ ओटा कोठाहरु छन् ।माथिल्लो तल्लामा ५ कोठा छन् । खानपिनको व्यवस्थाका लागि क्यान्टिन बनिरहेको छ । यो काम अब छिट्टै सकिने चरणमा छ ।

पार्टीले केन्द्रिय समितिको मिटिङ सञ्चालन गर्दा, अन्य राष्ट्रिय स्तरका कार्यक्रम गर्दा अहिले आफ्नै भवनमा गरिरहेका छौं । यसले हाम्रो खर्चको ठूलो हिस्सा कटौती गरेर पार्टी काम गर्न सहज भएको छ । फारुतिनो गर्न सिकाएको छ । हामीले विभिन्न तालीम, प्रशिक्षण, बैठक लगायतका कार्यक्रमहरु प्रायः यहि हलमा गरिरहेका छौं ।यो नेपाली क्रान्ति र  आन्दोलनलाई आर्थिक हिसाबले व्यवस्थित बनाउदै लैजाने प्रयास र महत्त्वपूर्ण काम हो भन्ने हाम्रो बुझाई छ । यसले अरु राजनीतिक दलहरूलाई समेत सकारात्मक रुपले प्रभावित गरेको छ । उहाँहरु हाम्रो काम हेर्न, अवलोकन गर्न आइरहनु पनि भएको छ । क्रान्तिको यात्रामा रहेको पार्टीले यसरी सोच्ने कुरा धेरै मानिसहरू र हाम्रा भाइचाराहरुका लागि समेत नौलो कुरा हो भन्ने हाम्रो विश्वास छ । यसले नेपालमा जारी एकीकृत क्रान्तिलाई हामीले कसरी लिन  खोजेका छौं भन्ने कुराको सानो झलक पनि दिएको छ ।

अहिले कार्यालयमा १५ जनाको टिम छ । हाम्रो टिममा दैनिक रूपमा समयतालिका बनाएर काम गर्छौ । बिहान देखि बेलुकासम्म गरिने काम मध्ये बौद्धिक श्रम, अध्ययन र शारीरिक श्रमलाई समय छुट्याएका छौं ।पार्टीको उत्पादन सम्बन्धी नीतिअनुसार आफ्नै भौतिक आवश्यकताका लागि शारीरिक श्रम र उत्पादन सम्बन्धि काम गर्छौ । हाम्रो वरपर अहिले १ बिघा जमिन छ । उक्त जमिनमा बन्दागोभी, फुलगिभी, माछापालन र बङ्गुरपालन पनि सङ्गसङ्गै गरिरहेका छौं । आलु, तरभुजा, खुर्सानी ,धनिया, लसुन र प्याज खेती गरिरहेका छौं । यसले हाम्रो टिमको आन्तरिक व्यवस्थापनमा मद्दत भैरहेको छ । यहाँ उत्पादन हुने खेतीबाट जस्तै अचार बनाउने, पीडालुको चुल्ठो बनार राख्ने जस्ता कामहरू पनि गरिरहेका छौं । अब सिजन अनुसार अन्य जातका तरकारी पनि उत्पादन गर्दै जान्छौं । कार्यालयको सजावट र गमला व्यवस्थापनका लागि सिसिएम कमरेड  शाेभा खटिरहनु भएको छ । हामीले गरिरहेको उत्पादन र निर्माण लगायतका कामले स्थानीय जनतामा पनि श्रम गरेर आयआर्जन गर्न सकिन्छ भन्ने कुराको राम्रो प्रभाव परेको देखिन्छ । यसले अरुलाई पनि थप प्रेरित गरेको छ।

आन्दोलनकै प्रक्रियामा निर्माण, उत्पादन, श्रम र सिर्जना गर्दै जसरी हामी अगाडि बढिरहेका छौं, यसले युवाहरूलाई र आमनागरिकलाई उत्साहित नै बनाएको छ भने अर्काेतिर यसप्रकारको कामबाट स्वदेशी र बिदेशी दलालहरुले खतराको महसुस गरिरहेको देखिन्छ।हाम्रा यी कामबारे उनीहरु अहिले नै देखिनेगरी बिरोध गर्न त सकिरहेका छैनन् तर यसले नेपालको कम्युनिस्ट आन्दोलन र देशभक्तहरुको आन्दोलन थप बलियो हुन्छ भन्नेमा सबैलाई लागिरहेको छ ।

हाम्रा यी काममा युवाहरू देखि ६५ बर्ष उमेर समुहका साथीहरूसमेत लागिरहेका छौं । स्थानीय जनता, पार्टीका देशभरका नेताकार्यकर्ता  केही व्यापारी  र प्रबास तथा विदेशमा रहेका संगठनका साथीहरूले हाम्रो काममा नगद र जिन्सी उपलब्ध गराउनु भएको छ । राज्यबाट भने हामीले सहयोग लिएका छैनौं । भवन निर्माणमा प्राप्त आर्थिक सहयोग, हाम्रो आफ्नै श्रम र कच्चा सामाग्री समेत जोड्दा कार्यालय वरिपरि करिब ६ करोडको सम्पत्ति रहेको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।