
युवा संगठन नेपालले संगठनका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज नगेन्द्र सी (बाबा) को साइला दाई कविराज लिम्बुको दुःखद निधनप्रति दु:ख व्यक्त गरेको छ ।
युवा संगठन नेपाल पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक अध्यक्ष पाटन जंगली सीले शाेक वक्तव्य जारी गरि नगेन्द्र सी (बाबा) का आदरणीय साइला दाई कविराज लिम्बुको दुःखद निधनले संगठनलाई स्तब्ध बनाएको बताएका छन् ।
दमक नगरपालिका २ पैनीचोक, घरमै ३६ बर्षको कलिलो उमेरमै भएको निधनले सिंगो समाज, परिवार र पार्टी, संगठनलाई अतुलनीय क्षति हुन पुगेको उल्लेख गर्दै यस दु:खको घडिमा मृतक कविराज लिम्बुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोक सन्तव्त परिवाजनहरुमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्