१५ बैशाख २०८१, शनिबार

प्रचण्ड, बाबुराम र विप्लव शनिबार एउटै मञ्चबाट गर्जने

0

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रम प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा जसपाका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपाका महासचिव तथा समाजवादी माेर्चा, नेपालका संयाेजक विप्लव सीलगायत नेताहरु भाेलि शनिबार एउटै मञ्चमा उपस्थित हुने भएका छन् । २४ औं गाेरखा जेलब्रेक दिवसको अवसरमा प्रज्ञा भवनकाे अभिनन्दन कार्यक्रममा उनीहरू सहभागी हुनेछन् ।

साे कार्यक्रममा गाेरखा जेलब्रेककाे कमाण्डर उमा सी शिलु, रिता विश्वकर्मा, गजुरी सैन्य हिरासत ब्रेक गर्ने र लमजुङ सैन्य हिरासत ब्रेक गरेका राजु क्षेत्री, पाेखरा सैन्य ब्यारेक ब्रेक गर्ने र लमजुङ सैन्य ब्यारेक ब्रेक गर्ने सुशीला भुजेलसहितलाई अभिनन्दन गर्ने याेजना रहेको नेकपाका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।