१५ बैशाख २०८१, शनिबार

युवा संगठन नेपाल कञ्चनपुर दोस्रो सम्मेलनबाट अध्यक्षमा जया सी चयन

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । बिहीबार जिल्लाको महेन्द्रनगरमा भएको संगठनको सम्मेलनले जया सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

नेकपा केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सीले अबको वैकल्पिक राजनीतिक व्यवस्था एकीकृत जनक्रान्ति मार्फत स्थापना हुने वैज्ञानिक समाजवाद रहेको बताएका छन् । सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नेता दिनेशले जनताका मर्म र भावना विपरीत चलिरहेको दलाल संसदीय व्यवस्थाको जनताको सत्ता वैज्ञानिक समाजवाद भएको बताएका हुन् । साथै उनले देशको बेथिति विसंगति अन्त्य गर्न युवा संगठन हरेक क्षेत्रमा खडा हुने बताए ।उनले भने, “हाम्रो संगठनको धनगढीमा हुने ५ औं राष्ट्रिय सम्मेलन सम्पन्न सबैले तयारीमा लाग्नु पर्नेछ त्यसको तयारी जुटौं ।”

त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका अथिति विराट सीले वर्तमान सत्ता र व्यवस्थाले जनताको हक र अधिकार ग्यारेन्टी नगरेको बताउँदै जनताको भविष्य सुनिश्चित गर्न सबैले एक चोटी संघर्षको मोर्चामा होमिनु पर्ने बताए । हामी हिंसा चाहेर होइन शान्तिपूर्ण ढंगले सबैसंग छलफल र बहस मार्फत यो संकटको निकास दिन चाहन्छौं त्यसको लागि हाम्रो पार्टी तयार छ, नेकपा नेता विराटले भने । त्यस्तै नेकपा केन्द्रीय सदस्य अर्जुन सीले विद्यामान राज्यका विभिन्न निकायमा देखिएका बेथिति, विकृति, भ्रष्टाचार ,अनियमितता लगायतका विषयमा युवा संगठनले निर्मम भएर लाग्नुपर्नेमा जोड दिए ।

युवा संगठनको दोश्रो जिल्ला सम्मेलनले अध्यक्षमा जया सी, उपाध्यक्षमा निर्मला सी, सचिवमा सन्देश सी, सहसचिवमा महेश सी, रविना सी, राजु सी तथा कोषाध्यक्षमा राजेश सी लगायत २५ सदस्यीय जिल्ला समेत चयन गरेको छ । भरत सी को अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अथिति नेकपा केन्द्रिय सदस्य तथा युवा संगठन उपाध्यक्ष दिनेश सी, अथितिहरुमा नेकपा केन्द्रिय सदस्यद्वय विराट सी, अर्जुन सी, युवा संगठन महाकाली ब्युरोका इन्चार्ज हर्क सी लगायत अन्य जबस् मोर्चाका केन्द्रीय तथा ब्युरो स्तरीय नेता कार्यकर्ताको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।