१६ बैशाख २०८१, आईतवार

भारतले विद्युत खरिद-बिक्री सम्झौतामा अड्‌को थाप्यो

0

भारतले नेपाल र भारतबिचको ५ वर्षमा गर्नुपर्ने र हरेक १ वर्षमा नविकरण गर्नुपर्ने प्रावधान रहेको विद्युत खरिद-बिक्री नविकरण सम्झौतामा हस्ताक्षर गरेको छ । तर १ वर्षको लागि गर्नुपर्ने नविकरण ३ महिनाको लागी मात्र गरेको छ । सहमति, परम्परा र नजिर विपरितको क्षणिक सम्झौता किन भन्ने प्रश्न उठेको छ ।
नेपालले भारतबाट ६५० मेगावाट विद्युत खरिद गर्न पाउने सम्झौता विपरित झन्डै एक सय मेगावाट घटाएर नविकरण गरेको छ, जसको कारण बैशाखदेखि असारसम्म लोडसेडिङ बढ्ने सक्नेछ । औद्योगिक क्षेत्रमा अहिले पनि ८ देखि १० घण्टा लोडसेडिङ भइरहेको छ । भारतले पूर्व सम्झौता विपरित सम्झौताको समय घटाउनु र आपूर्तिमा समेत कटाैती गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।