८ पुष २०८१, सोमबार

श्रम, संघर्ष र अनुसन्धानको नयाँ कम्युनिष्ट स्कुल

0

               असल सी

 

आजसम्मको  नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न सफलताका बावजुद टुटफुट र विभाजनको दुस्चक्रबाट गुर्जिरहेको छ । नेपालमा सबैभन्दा बढि संघर्ष बलिदानको कृतिमान खडा गर्ने कम्युनिष्टहरु नै छन् ।  तर आफैभित्र कहिल्यै नमिल्ने सधै टुटफुट र विभाजनको सिमाका कारण अरुभन्दा शक्तिशाली हुँदाहुँदै  पनि परिणाममा कमजोर सावित हुन पुग्ने गरेका छन् ।  यसको एउटै कारण हो, नेपालका कम्युनिष्टहरुको स्कुल नबदलिनु । कम्युनिष्टहरुको बलमा सत्ता परिवर्तन हुने तर सत्ता संचालन गर्न कम्युनिष्टहरु असफल रहने स्थिति पैदा भएपछि कम्युनिष्ट स्कुलबारे नै नयाँ ढङ्गले सोच्न जरुरी नै हुन्थ्यो ।  सिद्धान्तदेखि  सिद्धान्त, गफदेखि  गफ, तर्कदेखि  तर्क र बहसदेखि  बहससम्मको मात्र स्कुललाई श्रम संघर्ष र अनुसन्धानको स्कुलको रुपमा नेकपाले नयाँ सैद्धान्तिक मान्यतासहित विकास गरेको छ ।  जो आजको परिवर्तनकामी दुनियाँको नयाँ र आधुनिक कम्युनिष्ट स्कुल हो । यस आलेखमा हामी यसै विषयमा चर्चा गर्दैछौ ।

पुरानो स्कुल 

पुरानो भन्नाले ऐतिहासिक मान्यतासहितको जग हो,  यसको सम्मान आजको पुस्ताले गर्नै पर्दछ । मजबुत ऐतिहासिक ज्ञान तथा अनुभवसिद्ध ज्ञानको शाखा र त्यसका सकारात्मक पक्षको ग्रहण, नकारात्मक पक्षको समिक्षाले नै नयाँ ज्ञानको आलोक तयार पार्न मद्दत गर्दछ । त्यसकारण पुरानो कम्युनिष्ट स्कुलले नेपाली समाजलाई कम्युनिष्ट जनमतको निमार्ण संगठनात्मक स्थितिहरुमा नयाँ विकास र सामान्य गरीब किसान र तल्लो तहमा रहेका मान्छेलाई माथी उठाउन र परिवर्तन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । तर त्यसका केही सिमाहरु रहे जसले  सत्ता संचालन परिचालन र आमुल परिवर्तन जस्ता महत्वपूर्ण काम गर्न पर्दथ्यो र जनमतको रक्षा विकास र रुपान्तरण गरिरहन पर्दथ्यो जो सकेन । आफैले आफैप्रति  अविश्वास गरि रह्यो । आपसी झगडा तानातान शंका  उपशंका  साँघुरोपन हुँदै विभाजनका चक्रहरुको खडा ग¥यो । जो पुरानो कम्युनिष्ट स्कुलको कमजोर पक्ष हो परिणामतः नयाँ कम्युनिष्ट स्कुलको अनिवार्य आवश्यकता  बन्न गयो । नयाँ स्कुल श्रम संर्घर्ष र अनुसन्धानको स्कुल रचनात्मक स्कुल हो ।  पुरानो कम्युनिष्ट स्कुलले खडा गरेका ध्वसांत्मक वा आलोचनात्मक स्कुलका कयौ अवशेषहरु रहन त सक्दछन् तर पुरानो स्कुलमाथी बिजय प्राप्त गर्ने महत्वकांक्षा यो स्कुलले बोकेको छ ।

नयाँ कम्युनिष्ट स्कुल

नयाँ भन्ने  बित्तिकै पुराना चिजहरुमाथिको वजय भन्ने नि बुझाउँछ । विगतको कम्युनिष्ट स्कुल सिद्धान्तमा टेकेको थियो भने नयाँ कम्युनिष्ट स्कुलले सिद्धान्तमा मात्र खडा भएको आलोचनात्मक स्कुललाई रचनात्मक व्यवहारमा खडा गर्न खोजेको छ । पुरानो कम्युनिष्ट स्कुलले आलोचकहरुको पैदा ग¥यो।  जसको  परिणाम धेरै भन्दा धेरै नेता कार्यकर्तामा प्रतिपक्षीय तथा विरोधी मानसिकताको निर्माण हुन पुग्यो । प्रतिक्रियावाद र पुँजीवादलाई काण्डयाम गर्ने तहसम्म यो सहि नै थियो र हो पनि।   तर आफ्नैभित्र पनि यो स्कुलले विध्वंस मच्चायो ।  परिणामतः यो स्कुल बदल्नु अनिवार्य बनेको अवस्थामा श्रम संघर्ष र अनुसन्धानको स्कुलले यसलाई विस्थापन गर्दै नयाँ एकीकृत जनक्रान्तिको रचनात्मक स्कुल खडा गर्न खोजेको छ । स्कुल सुन्दर रचना पनि हो । बगैंचामा  मालीले सुन्दरताको प्रतिक फूलहरु फुलाउँछ, त्यसको सुगन्ध आन्नदित हुन्छ र सबैले आनन्द अनुभूति गर्दछन् ।  हो कम्युनिष्ट स्कुल पनि सबैलाई आन्नदानुभूति पैदा गर्ने हुनु पर्दछ । एकीकृत जनक्रान्तिको स्कुलले  सबै कम्युनिष्टहरुलाई आनन्दित पार्दै जानु पर्दछ । पुरानो मान्यतामा खडा भएको ज्ञानबाट ज्ञानको मात्र स्कुल पुरानो बनिसकेको छ । स्कुल ज्ञानको शाखा त हो नै तर ज्ञानले नयाँ संसारको रचना पुरानो विरासतको सामना र चुडिएका फूलहरुको रचना गर्न सिकाउँछ । नयाँ कम्युनिष्ट अर्थात एकीकृत जनक्रान्तिको स्कुल पुरानो सोच चिन्तन र मानसिकतामाथिको विजय हो । आजको कम्युनिष्ट हुने कुरा फरक कुरा हो । एक्काइसौ सताब्दीको उत्तरार्धमाण  आइपुग्दासमेत हाम्रो विगतको ज्ञान सिमित हुन आइपुगेको छ, यो सिमिततालाई विस्तारमा र ज्ञानलाई  जिवनमा बदल्न जरुरी छ । ज्ञानदेखि  ज्ञान होइन  कि ज्ञानदेखि  जिवन व्यवहारमा बदल्ने ज्ञानको आवश्यकता बोध भएको छ । पुराना किताब घोकेर तयार गरिएको ज्ञान पनि एक प्रकारको ज्ञान त हो   तर त्यति मात्र पूर्ण होइन । घोकिएको ज्ञानलाई जब जिवन व्यवहारमा लागू  गरिदैन त्यसले केवल कुतर्कहरुको पैदा गर्दो रहेछ । कुतर्कहरुले आफुलाई आफ्नै लागी मात्र सही साबित गरेता पनि अरु दुई जना मान्छे समेत कन्भेन्स गर्न सकेन । परिणामतः आज नयाँ कम्युनिस्ट स्कुलको बहस गर्न जरुरी बन्न गएको छ । माक्र्सवादी कम्युनिष्ट सिद्धान्त पनि अपरिवर्तनिय होइन  र छैन पनि यो दुनियाँको हरेक वस्तु परिवर्तनशिल छ भन्ने विज्ञानलाई मान्ने हो भने सिद्धान्तहरुको विकास, परिवर्तन अर्थात समय अनुकुल हुन अनिवार्य छ । माक्र्स कति सालमा जन्मिए ? कति सालमा मरे ? के खाए ?  के लगाए ?  कहाँ सुते  ? कोसँग सुते ? आज यो स्कुल पछाडि परिसकेको छ । आजको समाजमा माक्र्सवादका के कुरा लागू  हुन सम्भव छ, त्यो कुरा लिने हो ।  जो कुरा समाज विकासको क्रममा पछाडि परिसके ति कुराहरुको बहस गरेर काम हुँदैन  । आजको कम्युनिष्ट स्कुल भनेको आधुनिक कम्युनिष्ट तयार गर्नु हो न की रुढिवादी कम्युनिष्ट । नयाँ निमार्णको अवस्थामा पुराना कयौं  कुरा पछाडि  परिसकेका हुन्छन् ।   आज पनि माक्र्सवादका कयौ कुराहरु पछाडि  परिसकेका छन् । आजको कम्युनिष्ट स्कुलको मुख्य कुरा आधुनिक कम्युनिष्ट पार्टी, प्रविधिमैत्री नेता कार्यकर्ता बनाउनु हो । त्यसो गर्दा तीन कुरामा ध्यान केन्द्रित गर्न जरुरी छ, श्रम, संघर्ष र अनुसन्धान । माओले ज्ञान कहाँबाट प्राप्त हुन्छ ? भन्ने प्रश्नमा उत्पादनको लागी संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट भन्नु भयो ।  हामीले यसलाई श्रम, संघर्ष अनुसन्धान भनेका छौँ । आजको समाजमा यो सही  छ । यो आजको नयाँ संश्लेषण हो ।

श्रम, संघर्ष र अनुसन्धान

श्रम–श्रम भनेको मानसिक श्रमलाई पनि श्रमको रुपमा नै विश्लेषण गरिएको छ ।  तर मानसिक श्रम शारीरिक स्वास्थ्य र जिवन उपयोगी श्रम होइन  । मानसिक श्रमभन्दा शारीरिक श्रम नै मानविय जिवन उपयोगी श्रम हो । मानविय जिवन उपयोगी श्रम गर्न अनिवार्य हुन्छ ।   मानसिक श्रम भनेर दिनभर कोठामा बस्नुलाई श्रमको परिभाषा भित्र राख्न मिल्दैन । श्रमलाई पुर्खाको बिडो धान्ने स्तरबाट पनि हेर्न हुँदैन ।  आजको समाज विकासको चरित्रबाट हेर्न जरुरी हुन्छ । श्रमप्रतिको माया, श्रममाथि  उभिएको जिवन र श्रमले निमार्ण गरेको स्वास्थ्य नयाँ कम्युनिष्ट स्कुलको विशेषता हो । श्रमचोर, श्रमको विरोध र श्रमप्रतिको अपमान कम्युनिष्ट मान्यताको विपरित छ । एउटा असल कम्युनिष्टको निम्ति शारीरिक श्रम अनिवार्य सर्त हो । श्रमलाई  उत्पादनसंग जोडनु उत्पादनमार्फत व्यक्तिगत जिवन र राष्ट्रको समृद्धी कायम राख्नु हो । आजको कम्युनिष्ट स्कुलले श्रमप्रतिको प्रेम पैदा गर्दै गएको छ । श्रमलाई अझै आधुनिकिकरण गर्दै राष्ट्र निमार्ण अथार्त देशलाई समृद्ध पार्ने तहमा पु¥याउनु यसको लक्ष्य हो ।

संघर्ष–बाच्नको लागी संघर्ष गर्नु, लडनु र विजय प्राप्त गर्नु भन्ने नै हुन्छ तर आज यसको परिभाषा उही रुपमा रहेको छैन । संघर्ष भन्ने  बित्तिकै लड्ने भन्ने होइन  । एउटा कम्युनिष्ट आफु बाँच्न मात्र होइन । समाज रुपान्तरणको लागि  संघर्ष गर्दछ । सामाजिक जिवन र उसको आफ्नै जिवनलाई श्रेष्ठ सावित बनाउनु उसको कर्तव्य हो । एउटा कम्युनिष्ट कुनै न कुनै संघर्षका मोर्चाहरुमा भाग लिएकै हुनु पर्दछ । जसले  समाज रुपान्तरणको अग्रणी भूमिका निर्वाह गर्न सकोस । वर्ग संघर्ष, समाज परिवर्तनका निम्ति हुने संघर्ष होस् वा अन्य कुनै अधिकारको निम्ति लड्ने लडाईहरु ति लडाईहरुको अग्रमोर्चामा रहेको सक्षम योद्धा नै कम्युनिष्ट हो ।

अनुसन्धान–हरेक मान्छेले आफ्नो जिवनमा धेरै कुराहरुको अध्ययन अनुसन्धान गरिरहेको हुन्छ । केही नगरेर मान्छे सफल हुन सक्दैन । अरु केही नसकेपनि आफ्नै जिवनको बारेमा अध्ययन गरेको हुन्छ तर एउटा कम्युनिष्ट समाजका हरेक घटनाको अध्ययन गर्न सक्छ । आज महासचिव विप्लव नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनमा भएका सफलता असफलता र आज विज्ञान प्रविधिमा भएको विकास साथै कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम विचार सिद्धान्तमा नयाँ संश्लेषणहरु गर्नु भएको छ ।   जो विश्वका सबै कम्युनिष्टहरुका निम्ति अध्ययन र अनुसन्धानको विषय हो । कम्युनिष्ट हुनुको अर्थ नयाँ खोज र अनुसन्धान गर्नु पनि हो । पुरानै ज्ञानमा रमाउनु अरुले लेखेका सिद्धान्तहरुको व्याख्या विश्लेषण मात्र गर्नु तर आफुले केहि पनि नयाँ गर्न नसक्ने नयाँप्रति आकर्षण समेत नभएको विगतको कम्युनिष्ट आन्दोलनको धारालाई आजको नयाँ कम्युनिष्ट स्कुलले क्रस गरेको छ ।  न्यूटनियन जगमा खडा भएको हेगेलको डायलेटिक्सले समग्रलाई दुइ भागमा विभाजन गर र परस्पर विरोधी तत्वहरुबारे बुझ भन्दछ तर आज विकास भएको डायलोजीले विरोधीहरुका सकारात्मक पक्षहरुलाई एकताबद्ध गर भन्दछ जुन महासचिव कमरेडले प्रयोग गरिरहनु भएको छ । अहिले भैरहेको महासचिवको स्मार्ट मुभ डाइलेटिक्स मात्र नभएर डायलोजी हो । न्यूटनिय जगमा हाइजनवर्गले महल बनाए जस्तै एकीकृत जनक्रान्तिमार्फत माक्र्सको जगमा नयाँ सुन्दर महल बनाउने प्रयास गरे जस्तै डायलेटिक्सको जगमा डायलोजीको विराट घर बनाउन पर्ने भएको छ । यो नयाँ खोज अनुसन्धानको विषय हो । निर्धारणवादका सकारात्मक कुराहरुको ग्रहण गर्दै अनिश्चयताले विस्थापन ग¥यो,  यो नयाँ आजको अनुसन्धान हो । समाज विकासक्रममा उहि कुरा कसरी रहिरहन संभव छ , कि त विकास हुन्छ कि त लोप भएर जान्छ ।  आज सबै कम्युनिष्टहरुले अनुसन्धान गर्न जरुरी विषय हो ।

अन्तमा,
स्कुल ज्ञान विज्ञानको क्षेत्र हो । आजको दुनियाँ  दिन कटाएर नेता मान्ने स्थानमा छैन । आजको राजनीति दिन कटाउने सत्ता र शक्ति हासिल गर्न होइन  दिनहरु बदल्न र नयाँ दिनहरुको शुरुवात गर्न जरुरी छ । दिन कटाएको भरमा कसैले कसैलाई नेता स्वकार गर्ने स्थानमा आजको समाजिक प्रवृति छैन । गौरवपूर्ण इतिहास (पुरानो ज्ञान) को मजवुत जग, नयाँ ज्ञान (एकीकृत जनक्रान्ति) को आलोक र सुन्दर भविष्य (समाजवाद) को यात्रा एउटा सक्षम कम्युनिष्टले तय गर्ने बाटो हो । पुरानो ज्ञानको जग पनि मजवुत छैन,  आजको ज्ञान र विज्ञानसँग पनि साक्षात्कार हुन सकेन भने त्यो बाटो अलपत्रको बाटो हो, त्यसले सुन्दर भविष्य चुम्न सम्भव छैन ।

आजसम्मको कम्युनिष्ट स्कुलले मान्छेहरुभित्र खराबीहरुको खोजी ग¥यो । हरेक वस्तु दुईमा विभक्त हुन्छ भन्दै एउटा असल मान्छेमा पनि खराबी हुन्छ भनेर खराबीहरुको खोजी गर्ने तहसम्म त्यो स्कुल सफल नै रह्यो । यसलाई  हेगेलको द्वन्द्ववाद भनियो तर नयाँ स्कुलले हरेक खराब मान्छेभित्र पनि सुन्दर असल गुणहरु हुन सक्दछ, ति असल गुणहरुको खोजी गर्न शुरुवात गरेको छ । खराब गुणहरुको खोजी गर्नु आम प्रवृति हो ।तर असल गुणहरुको खाजी गर्दै असल गुणहरु ग्रहण गर्नु आम प्रवृति होइन, यो विशेष प्रवृति हो । त्यसकारण कम्युनिष्टहरुले विगतमा गरेका सकारात्मक कुराहरुको स्वामित्व लिने र सोच चिन्तन र प्रणालीमा देखिएका समस्याहरुको समाधान आजको श्रम, संघर्ष र अनुसन्धानको कम्युनिष्ट स्कुलले दिन खाजेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।