२१ बैशाख २०८१, शुक्रबार

प्रतिवेदनमाथि उठेका विषय महत्त्वपूर्ण र सान्दर्भिक छन्, अझै परिस्कृत गर्न प्रतिबद्ध छौँ : पाटन सी

0

धनगढी – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका संयोजक पाटन सीले बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदननाथी उठेका प्रश्न तथा सुझावमाथि आफ्नो धारणा राख्ने कार्यक्रम सकिएको छ।
सम्मेलनमा प्रस्तुत प्रतिवेदनमाथि उठेका विषयहरु निकै महत्वपुर्ण र सान्दर्भिक भएको साथै त्यसलाई थप छलफल गरि छुटेका बिषयहरुलाइ समेटेर पारित गर्ने प्रतिवद्द्ता गर्दै उठेका बिषयमाथि आफ्नो धारणा सकेका हुन् । नेता पाटनले नेपाल अहिले भू-राजनीतिक चपेटामा परेको र साम्राज्यवाद विभिन्न बहानामा नेपाल प्रवेश गरिसकेको अवस्थामा त्यसलाई प्रतिरोध गर्न, देशभित्र विद्यमान, वित्तिय आतंक, मिटरब्याजीहरुको ज्यादती, महङ्गी, कालोबजारी, विकासका नाममा आएको विषालु एमसीसी लगाएतका बिषयहरु, जनयुद्ध, जनआन्दोलनबाट स्थापित उपलब्धी गुम्ने खतराको बिच समग्र वस्तुस्थितिको अध्ययन गरि तयार पारिएको प्रतिवेदन समयको माग भएको बताए।
उनले भने, “यो समयको माग हो पार्टीकै सहायक संगठन भएको नाताले यत्तिको प्रतिवेदन जरुरी थियो आयो तर यो यत्तिमै पुर्ण भयो भन्ने होइन । तपाईहरुको महत्वपूर्ण सुझावहरुले पनि प्रतिवेदनमा समेट्दै यसलाई पुर्ण गरिन्छ।”
निवर्तमान अध्यक्ष पाटन सीको बिषयमाथिको धारणा सकिएसङ्गै मङ्गलबार बिहान ८ बजेदेखि पुनः सुचारु गर्नेगरी आजका लागि बन्दसत्र स्थगित गरिएको संगठनले जनाएको छ।
आयोजकका अनुसार भोलि बिहान नेकपाका महासचिव विप्लव सीले प्रशिक्षणत्मक मन्तव्य राख्ने कार्यक्रम रहेको छ।
जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा देशैभरबाट ३०० भन्दाबढी युवाहरुको उत्साहजनक सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।