२३ बैशाख २०८१, आईतवार

अस्थिरतावादका विरुद्ध साझा कार्यक्रम आवश्यक छ : जीवन भण्डारी

0

काठमाडौं: प्रेस युनियनका नेता तथा सञ्चारकर्मी जीवन भण्डारीले अस्थिरता र प्रतिगमनकाे विरुद्ध साझा कार्यक्रम बनाउनुपर्ने र सञ्चारकर्मीहरुले त्यसको लागि जनमत बनाउनु पर्ने बताएका छन् । अस्थिरता र प्रतिगमनले आन्दोलनका उपलब्धिहरु गुम्न सक्ने चेतावनी पनि भण्डारीले दिएका छन् ।

आइतबार काठमाडौंमा जनपत्रकार संगठन नेपालद्वारा आयाेजित नयाँ वर्ष २०८१ काे शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले साे बताएका हुन् । नेकपाका स्थायी समिति सदस्य अनिल सी प्रमुख अतिथि रहेको कार्यक्रमकाे अध्यक्षता शेरबहादुर विश्वकर्मा, स्वागत मन्तव्य जानकी चाैधरी र सञ्चालन शाेभराज बरालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।