२१ बैशाख २०८१, शुक्रबार

युवा संगठन नेपालको ५औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रमा संगठनको राजनीतिक प्रतिवेदन प्रस्तुत

0

धनगढी – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको छ ।
आइतबार धनगढीमा जारी संगठनको बन्दसत्रमा वर्तमान आयोजक समिति भङ्ग गरी युवा नेता विश्लेषण सीको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको हो ।
सम्मेलनलाई सुब्यवस्थित बनाउन पुरानो आयोजक समिति भङ्ग गरि नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्न अध्यक्ष मण्डल घोषणा गरिएको नेकपा स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीले बताइन् ।
नेता शिलुले भनिन्,”बन्दसत्रमा केही आवश्यक नीति नियम बनाइ संगठनको पुरानो समिति भङ्ग गरिएको छ, अब यो मण्डलले बन्दसत्र व्यवस्थित रुपमा सुचारु गर्नेछ ।”
अध्यक्षमण्डल तयार भएसङ्गै युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रमा संगठनका संयोजक पाटन सीद्वारा तयार पारिएको ऐतिहासिक पाँचौ राष्ट्रिय सम्मेलनलाई भब्य रुपमा सफल पारौं, नेपाली विशेषताको समाजवाद प्राप्तिको दिशामा अघि बढौ! भन्ने नारासहित तयार पारिएको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत भैरहेको छ।
प्रतिवेदन प्रस्तुत सकिएसङ्गै प्रतिवेदनको अध्ययन र त्यसमाथि बफादार छलफलका लागि ग्रुप विभाजन गरिने अध्यक्ष मण्डलले जनाएको छ।
बन्दसत्रमा नेकपाका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सी लगाएत केन्द्रीय सदस्यहरुको आतिथ्यता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।