२० बैशाख २०८१, बिहीबार

एकैदिन ट्रेडयुनियन महासंघ रोल्पासहित चार जिल्लाको सम्मेलन सम्पन्न

0

रोल्पा –अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ रोल्पासहित चार जिल्लाको जिल्ला सम्मेलन सम्पन्न भएको छ । महासंघको आसन्न बैसाखमा हुनलागेको राष्ट्रिय सम्मेलनलाई प्रभावकारी र वैधानिकताका लागि देशैभरी महासंघमा आबद्ध पेशागत संगठन र महासंघका जिल्ला सम्मेलनहरु धमाधम हुनेक्रम जारि रहेको बेला एकैदिन रोल्पा जिल्ला महासंघको सम्मेलनसहित मध्यचितवन जिल्ला महासंघ अन्तरगतको पेशागत संगठन याताया मजदुरको जिल्ला भेला, कास्कीको पोखरामा महासंघको जिल्ला सम्मेलन र भक्तपुरमा यातायात महासंघको भेला सम्पन्न भएको हो ।

महासंघको रोल्पा जिल्लामा धर्मराज सीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी चयन भएको छ भने मध्यचितवनमा यातायात मज्दुर संघको भेलाले सन्तोष सीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । त्यस्तै कास्कीको पोखरामा सम्पन्न महासंघको जिल्ला सम्मेलनले मिलन सीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

ज्वाला सीको अध्यक्षतामा १६ सदस्यीय भक्तपुर जिल्ला कमिटी चयन गर्दै यातायात संघको जिल्ला भेला सम्पन्न भएको बताइएको छ । रोल्पाको लिङ्दुङ्गमा सम्पन्न महासंगको जिल्ला सम्मेलनमा पार्टी केन्द्रीय सदस्य अजय सीको प्रमुख आतिथ्यता रहेको थियो भने पश्चिम रोल्पा जिल्ला ईन्चार्ज आक्रोश सी, पश्चिम जिल्ला सेक्रेटेरी सन्दिप सी र महासंघको केन्द्रीय सचिव पूर्ण सी लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्षता देवराज सीको अध्यक्षतामा सुरु भएको सम्मेलनको संचालन प्रशान्त सीले गरेका थिए । साथै कार्यक्रमा स्वागत मन्तव्य धर्म सीले राखेका थिए । सम्मेलनमा बोल्दै प्रमुख अतिथि अजय सीले अबको हुने एकीकृत जनक्रान्तिमा मजदुरले विशेष भुमिका खेल्नुप्रर्नेमा जोड दिएका थिए । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंको राष्टिय सम्मेलन यही आउने बैशाख १९ गते अन्तराराष्ट्रिय मजदुर दिवसका दिन चितवनमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।