२१ बैशाख २०८१, शुक्रबार

युवा संगठन नेपालको ५औं राष्ट्रिय सम्मेलनको बन्दसत्र दिउँसो १ बजे, आजै सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने

0

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको ५ औं राष्ट्रिय सम्मेलनको बन्दसत्र दिउँसो १ बजे सुरु हुने सङ्गठनले जनाएको छ ।
शनिबार कैलालीको धनगढीमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सम्मेलनको बन्दसत्र १ बजे सुरु गर्न लागिएको संगठनले जनाएको हो ।
आज बिहान बसेको आयोजक समितिको बैठकले सम्मेलनको बन्दसत्र दिउँसो १ बजेबाट सुरु गर्ने निर्णय गरेको सङ्गठनका संयोजक पाटन सीले बताए ।


पाटन सीका अनुसार आज संगठनको विधान प्रतिवेदन प्रस्तुत गरिनुका साथै प्रतिवेदनमाथि समुहगत छलफलका लागि ग्रुप विभाजन हुने छ ।
नेपालमा बढ्दै गएको साम्राज्यवादी हस्तक्षेप, राष्ट्र राष्ट्रियता र जनजिविकाका सवालहरु पेचिलो बन्दै गएको बेला भारतिय सिमाना नजिक सम्पन्न हुँदै गरेको युवाहरुको सम्मेलनलाई अर्थपूर्ण रुपले हेरिएको छ ।
उक्त संगठनले एमसीसी, कालोबजारी, भ्रष्टाचार, बैंक तथा वित्तिय सस्थाहरुको ठगी विरुद्ध सशक्त प्रतिरोध गर्दै आएको छ ।


शनिबार उद्घाटन भएको सम्मेलन चैत २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
सम्मेलनमा देशैभरबाट प्रतिनिधि र प्रवेक्षक गरि ३ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको छ भने उद्घाटन सत्रमा १० औं हजार युवाहरुले मार्च पास गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।