१६ बैशाख २०८१, आईतवार

दैलेखमा सांस्कृतिक कार्यक्रमबाट समाजवादी चेतना फैलाईदै

0

दैलेख । नेकपा दैलेखले जिल्लाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम गरेर समाजवादी चेतना फैलाउन थालेको छ । नेकपाले जिल्लाका सिगौडी,विन्द्रासैनी,सातला ,ठाँटीकाँध लगायतका ठाउँहरुमा भव्य सांस्कृतिक कार्यक्रम गरेर समाजवादी चेतना फैलाउने काम गरेको हो ।

कार्यक्रममा प्रभात जनसांस्कृतिक परिवारले नेपालमा दलाल संसदीय व्यवस्थाले देशमा संकट आएको भन्दै त्यसको समाधान नेपाली विशेषताको समाजवादले मात्र दिने जस्ता क्रान्तिकारीकारी भावका गीत संगीत तथा नृत्यहरु प्रदर्शन गरेको छ ।

शुक्रवार नेकपाले जिल्लाको विन्द्रासैनी नगरपालिका वडा नम्वर ३ मा भव्य सांस्कृतिक कार्यक्रम गरेको छ । उल्लेखिय जनताको सहभागिता रहेको कार्यक्रममा नेकपा दैलेखका इन्चार्ज कलम सीले नेपालमा बर्तमान संकटको निकास नेपाली विशेषताको समाजवादले दिने ठोकुवा गरे ।

उनले रवि जस्ताले नेपालको अग्रगामी निकास दिन नसक्ने जिकिर पनि गरे । स्मरणरहोसः नेकपाले यसअघि जिल्लाको सातला,सिगौडी ठाँटीकाँध लगायतका ठाउँहरुमा सांस्कृति कार्यक्रम गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।