१ जेष्ठ २०८१, मंगलवार

विप्लवको गर्जन : हामी गमन सर्पविरुद्ध फेरि लड्छौँ, हिजो जेल तोड्यौँ, अब खेल तोड्नुपर्छ

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धको क्रममा जेल तोड्ने योद्दाहरुले अब देश र नागरिक विरुद्ध भैरहेका षड्यन्त्र र खेल गरिरहेका गमन सर्पविरुद्ध फेरि लड्ने बेला आएको उद्घघोष गरेका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवस आयोजक समितिद्वारा काठमाडौमा आज आयोजित एक कार्यक्रममा महासचिव विप्लवले यस्तो बताएका हुन् ।

मन्तव्यको क्रममा समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले हिजो जेल तोडियो आज खेल तोडनु पर्नेछ । हाम्रो बुद्दि पलाउने छ भन्दै सबै माओवादी र कम्युनिस्टहरु अब एक ठाँउमा आउने बेला आएको समेत बताए ।

 

“अहिलेको भू-राजनीतिक परिस्थितिले पनि हामीलाई नयाँ ढङ्गले सोच्न प्रेरित गरिरहेको छ,माओवादी एकदिन एकभै छाड्छ।तर यति मात्रै पर्याप्त छैन”- संयोजक विप्लवले भने-“हामीले पुष्पलालको समय देखिको कम्युनिस्ट आन्दोलनलाई एक ठाँउमा ल्याउनेछौं ।माओवादी र कम्युनिस्ट आन्दोलनलाई एक बनाएर आजका चुनौतीलाई सामना गर्ने हो ।”

संयोजक विप्लवले परिवर्तन र क्रान्तिका उपलब्धिविरुद्ध षड्यन्त्र हुन खोजेको तर्फ इङ्गित गर्दै भने,-” हामी गमन सर्प विरुद्ध फेरि लड्छौ।अहिले उपलब्धि विरुद्ध षडयन्त्र हुन खोज्दै छ।हामी थाकेका छैनौं ।देशलाई समाजवादतिर लैजाने नेतृत्व हामीले गर्छौ ।हामीले सङ्गै लडेका,सङ्गै सुतेका ८ हजार मानिसको वलिदान गरेर आएका हौं ।हुन त अरु पनि लडेका हुन । काङ्ग्रेस र एमाले पनि लडेकै हुन तर मुख्य त हामी नै लडेका थियौँ ।”

नेकपा स्थायी समिति सदस्य उमा सी शिलुको नेतृत्वमा आजकै दिन भएको गोर्खा जेलब्रेकको सन्दर्भ र महत्त्वको चर्चा गर्दै महासचिव विप्लवले आजको दिन विश्वको महत्त्वपूर्ण दिन भएको, विश्वमै उत्पीडित महिलाहरुले यसरी जेल्ब्रेक गरेको इतिहास बिरलै भएको र आफुहरु ती योद्दाहरुको सपना पूरा गर्न निरन्तर क्रान्तिको यात्रामा अघि बढिरहने प्रतिबद्धता समेत जनाए ।

अहिले सरकार, सडकदेखि युक्रेन र काङ्ग्रेस एमालेमासमेत वर्गसंघर्ष लडेका माओवादी योद्धाहरु रहेको भन्दै उनले सङ्घिय गणतन्त्र खोस्न चाहानेहरु विरुद्ध एकपटक लड्नुपर्ने बेला आएको बताए ।

चुनवाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको संक्रमणकालिन चरित्रबारे गरिएको व्याख्या अनुसार क्रान्तिकारीहरु समाजवादको दिशामा जानुपर्ने र देशलाई गलत तत्वको हातमा जानबाट बचाउनुपर्ने बेला आएको समेत उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।