९ माघ २०८१, बुधबार

महेन्द्रराय यादवको प्रस्ताव : विप्लव जी अबको नेतृत्व सम्हाल्ने बेला आयो

0

काठमाडौँ/ नेपाल समाजवादी पार्टीका संयोजक महेन्द्रराय यादवले अब देश र कम्युनिस्ट आन्दोलनको नेतृत्व समाल्ने जिम्मेवारी विप्लवको काँधमा आएको बताएका छन् ।

जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवस आयोजक समितिद्वारा काठमाडौँमा आज आयोजित एक कार्यक्रममा संयोजक यादवले यस्तो बताएका हुन् ।

बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट हालै अलग्गिएका यादवले
अहिले संविधान असफल हुने खतरा भएकोले माओवादी कमजोर हुने कुराले परिवर्तन र आन्दोलनका उपलब्धि समेत कमजोर हुँदै जाने भन्दै माओवादी आन्दोलन पुनः एकताबद्ध हुनुपर्ने बताए ।

पुर्ण समानुपातिक प्रणाली र कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकता भएको तर्फ जोड दिदै उनले माओवादी एक हुने हो भने देशको मुख्य शक्ति हुने र यसले नै संविधान संशोधन गर्न संभव हुने बताए ।

माओवादीको लाल मधेस भन्ने नाराले नै आफुले पहिलोपटक माओवादी आन्दोलन बुझेको र जनयुद्धले नै नेपालमा मधेस पनि छ भन्ने कुरा स्थापित गरेको समेत दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।