२० बैशाख २०८१, बिहीबार

मेरो हिस्साको वर्गसंघर्ष म लडिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हिस्साको वर्गसंघर्ष आफूले लडिरहेको बताएका छन् । जेलब्रेक दिवसको अवसरमा जेलब्रेकरहरूलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ले आफू सरकारको नेतृत्वमा भएपनि आफ्नो भागको वर्गसंघर्ष लडिरहेको बताएका हुन् ।

‘हाम्रा इच्छा र चाहना अनुसार मात्रै होइन राष्ट्रियता, अन्तराष्ट्रिय वर्गसंघर्षको आवश्यकताअनुसार कार्यनीतिहरुको प्रयोग गर्नुपर्ने हुन्छ । आफ्नो हिस्साको वर्गसंघर्ष अहिले पनि चलाइरहेको छु भन्ने मलाई विश्वास छ ।’, उनले भने, ‘८ हजार सहिदलाई सहिद घोषणा गरेर राजपत्रमा घोषणा गरियो, त्यो पनि वर्गसंघर्ष कै क्रम हो । जनयुद्ध दिवस घोषणा गर्ने कुरा र सहिदका छोराछोरीलाई विभिन्न ढङ्गले अवसर दिएको छु, यो पनि वर्गसंघर्ष नै थियो।’

उनले परिवर्तित परिस्थितिमा जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै समाजवादको दिशामा जानेकुरा मुख्य भएको बताए । निराशा बाड्न जरुरी नभएको बताउँदै प्रचण्डले समाजवादी मोर्चा रणनीतिक, दुरगामी र क्रान्तिकारी भएको जिकिर गरे । नेपालको मौलिक विशेषताको समाजवादी क्रान्तिको पुरा गर्नका लागि माओवादी, कम्युनिस्ट, लोकतान्त्रीक, राष्ट्रवादी शक्तिहरु एकजुट भएर जानुपर्नेमा जोड दिए ।

वर्गसंघर्ष र क्रान्ति जारी छ भएको भन्दै एकीकृत जनक्रान्तिदेखि मार्क्सवाद मान्नु हुन्न भन्ने विचार सबैको साझा भएको बताए । उनले एकीकृत जनक्रान्तिका सहिदहरु पनि आफ्नै भएको भन्दै उनीहरुलाई साझा सम्पत्तिको रुपमा ग्रहण गर्नुपर्नेमा बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।