१२ बैशाख २०८१, बुधबार

नेकपा नेता आदर्शको चेतावनी ‘बरु खरानी भईन्छ, डटेर प्रतिरोध गरिन्छ’

हाम्राे पार्टीलाई बाध्य बनाएर प्रतीराेध गर्नु पर्ने भयाे भने बरु खरानी भइन्छ जनतालाई धाेका दिइदैन ।

0

काठमान्डौ: ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित नेताहरुलाई पक्राउ पुर्जी जारीगरेपछी त्यसको बिरुद्द नेकपाका नेताहरुले डटेर सामना गर्ने चेतावनी दिएका छन । सरकारी पक्षले ३ बुँदे सहमतिको उलंघन गरेर गम्भीर भुलगरेको बताउदै नेकपाका केन्द्रिय सदस्य चुडामणि वलीले यस्तो चेतावनी दिएका हुन ।

आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरे प्रतिरोध गर्ने बरु खरानी हुन तयार हुने नेता आदर्शले बताएका छन । उनले भनेका छन, हाम्रो पार्टीलाई बाध्य बनाए प्रतिरोध गर्नु पर्ने भयो भने बरु खरानी भइन्छ तर जनतालाई धोका दिईदैन ।’ राजनीतिमा इमान्दारिता हुने बताउदै, धोका भए एकइन्च पछी नहटी अगाडी बढ्ने उनले जनाएका छन् । 

जनमुत्ति सेनाले बन्दुककाे नालबाट ल्याएकाे गणतन्त्रकाे कुर्सीमा बसेर पार्टी र जनतालाई दमन गर्ने नै हाे भने दलालहरुका दिनहरु अब सजिलै नबित्ने नेता आदर्शले दावी गरेका छन । 

देश र जनता संकटमा भएको भन्दै, देश र जनताकाे लागी आबश्यक परे याेग्दान र बलिदान गर्न सबै तयार रहन समेत आदर्शले अपिल गरेका छन ।

सोमबार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित अन्य नेता कार्यकर्ताविरुद्ध एनसेल प्रकरणमा विचाराधीन रहेको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

हेर्नुहोस उनको भनाई यस्तो छ:

हामीले जान्नै पर्ने कुरा, जहिले पनि राज्य सत्ताले नै आतंक मच्चाउछ । ३ बुदे सम्झौता लागू नगरेर आज साउन १६ गते साेमबारका दिन (२०७९) नेकपा का महासचिव लगायत कमरेडहरुलाई अदालतले पक्राउ पूर्जि जारी गर्याे, याे नाङ्गै रुपमा परस्तुत भएकाे स्पस्टछ । जब हामी राष्टघातका बिरुद्ध अगाडि बढ्छौ, यस किसमका संकेतहरु देखा पर्दछन् । यसरी धम्काएर, तर्साएर, बेमानी गरेर, धाेका दिएर, साम्राज्यवादीसंग घाँटी जाेडेर, आफ्नो देश, जनता, मूल्य मान्नेता र अस्थित्ताेलाई समेत नामेट पारेर गठबन्धन सरकारले गैरजिम्मेवारी काम गरेकोछ । यसकाे सबैले पर्दाफाँस गर्नु पर्दछ । अदालत सत्ताकाे एक अंग त हाे तर थाेरै साेच्नु पर्थ्याे ।
 
हाम्रो देशमा कसैले पनि दलाली गर्न हुदैन, साम्राज्यवादीहरुकाे मुनि पर्न हुदैन । हाम्राे पार्टीलाई बाध्य बनाएर प्रतीराेध गर्नु पर्ने भयाे भने बरु खरानी भइन्छ जनतालाई धाेका दिइदैन । राजनितिमा इमान्दारीता हुन्छ, धाेका दिइएमा एक इन्च पनि पछि नहटी अगाडि गइन्छ । रगत हाम्राे मात्रै बग्नेछैन लडाइ गर्न खाेज्नेहरुकाे पनि बग्न सक्छ ! त्यसकारण सम्झौता लागू नगर्नेमा कसकाे दाेसहाे ? अब जनताले छुट्टाउनुपर्छ । जनमुत्ति सेनाले बन्दुककाे नालबाट ल्याएकाे गणतन्त्रकाे कुर्सीमा बसेर हाम्राे पार्टी र जनतालाई दमन गर्ने नै हाे भने दलालहरुका दिनहरु पनि सजिलै बित्तैनान् । हामीले यहाँ बैज्ञानिक समाजवाद ल्याउनुपर्नेछ । जाे एकीकृत जनक्रान्तिबाट मात्र सम्भवछ । याे देशका जनतालाई धेरै अन्याय भएकाेछ, यसकाे हल क्रान्तिले गर्छ, क्रान्तिलाई राज्यका सबै अंगले सहयाेग गर्नुपर्छ।
 
यदी हाेइन भने सबैले कुर्सी छाेड्नुपर्छ । याे त जनता र देशकाे आबश्यक्ताहो नि ! MCC जस्ताे बिसालु र घातक सम्झौता नेपाल सरकारले गर्नु आफ्नै टाउकाेमा बन्चराे हान्नु बराबरहाे । पैसामा बिग्रीहुने पार्टी र नेताहरु बिस्तारै माटाेमा मिल्न जानेछन् । नेपाली जनतालाई हामीले भन्दै जानुपर्छ कि काँग्रेस, एमाले, र प्रचण्ड सम्म आउदा देशमा ठुला ठुला राष्ट्रघात भए । हामीले तिलिचाे तालकाे पानी सम्म पनि पिउन नपाउने भयाे । यहाँ भ्रम नपराेस कि गण्डक सम्झौताले अफ्ठ्याराे पारेकाेछ । महाकाली, अपरकर्णाली, काेशी, अरुण ३, बिप्पा सम्झौता लगाएत राष्ट्रघाति काममा हाल सम्म सरकारमा बस्दै आएका पार्टीहरुसबै खरानी भए । विश्वकाे इतिहासमा बिना क्रान्ति सत्ता परिवर्तन भएकाेछैन । तर मूर्खहरुले किन बिराेध गर्छन्हाेला ? सबै सजगहौ, सचेतहौ, पारदर्सि जबाफ देहीहौ देश संकटमाछ, देश र जनताकाे लागी आबश्यक परेमा याेग्दान र बलिदान गर्न सधै तैयार हौ । धन्यवाद !!

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।