४ जेष्ठ २०८१, शुक्रबार

समाजवादी मोर्चा नेपालको बृहत अन्तरक्रिया कार्यक्रम हुदै

0

काठमाडौ । चार दलिय समाजवादी मोर्चा नेपालले आज काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय सभागृह काठमार्डौमा मध्याहन १२ बजेबाट सुरु हुने अन्तरक्रिया कार्यक्रममा ‘नेपाली विशेषताको समाजवाद’ शिर्षकमा वहस हुदैछ ।

नेपालमा दलाल संसदीय व्यवस्थाले वर्तमान संकटको निकास दिन नसक्ने निश्कर्षमा पुगेका चार दलले नेपालमा अवको संकटको समाधान नेपाली विशेषताको समाजवादबाट खोज्नुपर्ने बताउदै आएका छन ।

अन्तरक्रियामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपाका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वक्ताको रुपमा सहभागी हुदैछन ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,बुद्धिजीवी,बौद्धिक व्यक्तित्व,नागरिक समाज,देशभक्त,वामपन्थी कम्युनिष्ट,समाजवादी विचारधारा भएका ब्यक्तित्वहरुको सहभागीता हुदैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।