२० बैशाख २०८१, बिहीबार

युवा संगठन नेपाल रामेछाप (D1) काे प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा युगल सी

0

रामेछाप: युवा संगठन नेपाल रामेछाप (D1) जिल्ला सम्मेलनले युगल सीकाे नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति निर्वाचित गर्दै सम्पन्न भएको छ ।
‘राष्ट्रघात, भ्रष्टाचार र जनघात विरुद्ध युवा आन्दोलन सिर्जना गराैँ ! स्वाधीन नेपाल र आत्मनिर्भर युवाका लागि प्रथम जिल्ला सम्मेलन !!’ भन्ने मूल नारासहित जिल्लाको सदरमुकाम मन्थलीमा सम्पन्न जिल्ला सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा विज्ञान सी, सचिव राेशन सी र काेषाध्यक्ष निशा सीसहित २३ सदस्यीय कमिटी निर्वाचित भएको छ । बन्दसत्रमा कार्यक्रममा प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युराे इन्चार्ज विकल्प सी, रामेछाप जिल्ला इन्चार्ज इन्द्र सी, ब्युरो जवस इन्चार्ज युगिन सी, रामेछाप D1 का सेक्रेटरी बद्री, ब्युरो कार्यलय सदस्य तिर्थ सी, ब्युराे जातीय माेर्चा सेक्रेटरी विवेक सी, युवा संगठन नेपाल पाचौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य तथा पूर्वी ताम्सालिङ ब्युराे संयाेजक अजय सी, युवा संगठन नेपाल सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कुमार सी, सामना सांस्कृतिक परिवारका गाेविन्द सी, कविता सी र प्रस्तृति सी लगायतका नेताहरुको सहभागिता रहेको थियो । त्यसैगरी रामेछाप D1 मा ९ सदस्यीय जनकलाकार पनि गठन गरेकाे छ । बन्दसत्र कार्यक्रमकाे बिचबिचमा सामना सांस्कृतिक परिवारकाे बेजाेड प्रस्तुति पनि रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।