१७ बैशाख २०८१, सोमबार

नेकपाद्धारा दुल्लु र जम्फुकाँधमा सांस्कृतिक कार्यक्रम सम्पन्न

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेखले जिल्लाको दुल्लु र जम्फुकाँधमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जिल्लाको दुल्लुमा र आईतवार जम्फुकाँधमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको नेकपाले जनाएको छ ।

नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नेपालमा नेपाली विशेषताको समाजवादमा जान जनतालाई आहवान गर्दै कलाकारहरुले आफ्ना सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका छन ।

प्रभात जनसांस्कृतिक परिवारका कलाकारहरुले उल्लेखिय जनताको सहभागीतामा कार्यक्रम गरेका हुन । कार्यक्रममा नेकपाका केन्द्रीय समिति सदस्य तथा जिल्ला ईन्चार्ज कलम सीले संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व दलाल पुँजीवादी वर्गले गरेकाले समस्याको समाधान हुन नसकेको बताए ।

उनले जनअधिकार र देशको स्वाधीनता ग्यारेन्टी गर्न संसदीय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद आबश्यक भएको तर्क गरे । उनले एमसीसी सम्झौतामा टेकेर अमेरिकी साम्राज्यवादले नेपालमा सेना ल्याएको भन्दै साम्राज्यवादको हस्तक्षेप विरुद्ध सबै कम्युनिस्ट ,गणतन्त्रवादी,देशभक्त र वामपन्थी शक्तिहरु एकजुट हुनपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपा दैलेखका सेक्रेटरी प्रकाश सी ,अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समिति सदस्य सभ्यता सीको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता जनक सी र संचालन उदयराम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।