२१ बैशाख २०८१, शुक्रबार

देशको संकटकाे समाधान समाजवादले गर्छ : विकल्प सी

0

रामेछाप: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीले देश चाैतर्फी संकट भएकाेले देशको संकटकाे समाधान समाजवादले गर्ने बताए । तर १९औं र २०औं शताब्दीकाे ज्ञानले नहुने ठाेकुवा गरे । युवा संगठन नेपाल रामेछाप (D-1) काे प्रथम जिल्ला सम्मेलनकाे उद्घाटन सभालाई सम्बाेधन गर्दै उनले यस्तो बताए ।
२१औं शताब्दीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हल एकीकृत जनक्रान्तिले मात्र गर्ने बताए । एकीकृत जनक्रान्तिले राष्ट्रिय रुपमा दलाल पूजीवाद र बहुध्रुवीय विश्व विशेषताकाे भूमण्डलीकृत पुजीवादी परास्त गर्ने लक्ष्य लिएकाे छ । एकीकृत जनक्रान्तिले राष्ट्रिय मुक्ति र जनमुक्तिलाई विजयमा पुर्याउने स्पष्ट पारे ।
अहिले देशमा क्रान्ति र प्रतिक्रान्तिकाे बिच, पुजीवादी र समाजवादकाे बिच र दलाल वर्ग र श्रमजीवी वर्गकाे बिच चर्काे संघर्ष चलिरहेको बताउँदै देश र श्रमजीवी वर्गकाे हित लाग्न युवाहरुलाई अपिल गरे । रामेछापबासी न्यायप्रेमी जनसमुदायले सत्य र क्रान्तिकाे पक्षमा विगतमा गरेकाे याेगदानकाे उच्च प्रसंसा गर्दै धन्यवाद दिए ।

महान जनयुद्धमा १२० जना भन्दा बढि र एकीकृत जनक्रान्तिमा राम कुमार श्रेष्ठकाे बलिदानले यहाँकाे क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएकाे बताए । रामेछाप जिल्लाले पुष्पलाल जस्ताे महान व्यक्तित्व जन्माएको र क्रान्तिमा रगत सयौंले बलिदान गरेकाे भूमि भएकोले देवकोटा चाेकमा उभिएर महान शहिदकाे स्मरण गर्दै उनको सपना पूरा गर्ने संकल्प गर्न पाउँदा गर्व महसुस भएकाे बताए ।

पार्टी कार्यलयबाट सयौंकाे संख्यामा निस्केकाे जुलुस विपि चाेक हुँदै बजार परिक्रमा पश्चात् देवकोटा चाेकमा सभामा परिणत भएकाे थियाे । जुलुसकाे नेतृत्व जिल्ला इन्चार्ज इन्द्र सीले गरेका थिए ।

सभालाई पार्टीका जिल्ला इन्चार्ज इन्द्र सी, जिल्ला सेक्रेटरी बद्री सी, ब्युरो सदस्य तिर्थ सी, ब्युरो जातीय माेर्चा सेक्रेटरी विवेक सी, युवा संगठन नेपाल ब्युराे संयाेजक अजय सीले सम्बाेधन गरेका थिए ।

कार्यक्रमकाे अध्यक्षता युगल सीले गरेका थिए । कार्यक्रममा सामाना सांस्कृतिक परिवारले साङ्गीतिक प्रस्तृति पनि प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।